दक्षिण कोरियाले कोभिड नियन्त्रणका उपायलाई खुकुलो पार्ने « Khabarhub

दक्षिण कोरियाले कोभिड नियन्त्रणका उपायलाई खुकुलो पार्ने


७ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – सङ्क्रमण फैलिन नदिन भनी एशियाली यस मुलुकले लिएका कडा क्वारेन्टाइन बस्नुपर्ने प्राबधानले साना व्यापारीहरूको व्यवसायलाई धराशायी बनाएको भन्दै राहतका लागि यो कदम चालिएको दक्षिण कोरियाली जनस्वास्थ्य तथा सामाजिककल्याण मन्त्रालयले जनाएको छ ।

दक्षिण कोरियाले कोभिड–१९ महामारीविरुद्ध सामाजिक दूरी सम्बन्धी नियमहरूलाई करिब तीन हप्तासम्मका लागि कम गर्ने निर्णय गरेको हो ।

मन्त्रालयद्वारा जारी विज्ञप्तिमा ओमिक्रोन भेरिएन्ट द्रूत गतिमा फैलिएको भएपनि यो दिशानिर्देश मार्च १३ सम्म अर्थात् तीन हप्ता कायम रहनेछ । सुरूका दिनमा अन्य देशको तुलनामा कोभिड सङ्क्रमण दरलाई नियन्त्रण गर्न सफल दक्षिण कोरियामा कोभिडको ओमिक्रोन सङ्क्रमणले स्वास्थ्य क्षेत्रलाई विशेष चुनौति सिर्जना गरेको छ ।

तुलनात्मक रुपमा कम मृत्यु र अस्पतालमा भर्ना भएका समय पनि नौ हप्ताका लागि कडा सामाजिक दूरीसम्बन्धी गत नौ हप्ताका लागि गरिएको दिशानिर्देशले साना व्यवसाय र लगानीकर्तालाई आर्थिक दबाव परेको मन्त्रालयले बताएको छ ।

नयाँ निर्देशिकाअनुसार निजी जमघटका लागि अनुमति लिएका व्यक्तिको अधिकतम सङ्ख्या देशव्यापी रूपमा छ जनाको रहेको छ । तर व्यवसायीक घन्टे कर्फ्यु भने एक घण्टा लम्बिने छ ।

रेस्टुरेन्ट, क्याफे, भित्री खेलकुद भवन र कराओकेका साथै रात्रिकालीन मनोरञ्जनका साथै बार र रात्रिकालीन मनोरञ्जन सुविधाहरू स्थानीय समयको १०ः०० बजेसम्म खोल्न अनुमति दिइनेछ ।

शुक्रबार सार्वजनिक सरकारी तथ्याङ्क अनुसार दक्षिण कोरियामा पछिल्लो २४ घण्टामा एक लाख दुई हजार २११ जनामा कोभिड पुष्टि भएको छ । यो सङ्ख्या अघिल्लो दिनको तुलनामा करिब नौ हजारले कमी हो ।

यससँगै अहिलेसम्म कोभिड सङ्क्रमितको कूल सङ्ख्या १८ लाख ५८ हजारभन्दा पुगेको छ । गम्भीर अवस्थामा रहेका सङ्क्रमितहरूको सङ्ख्या करिब ४०० रहेको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७८, शनिबार  १२ : १८ बजे

अविरल वर्षा र बाढीपहिरोले कर्णालीका दुई राजमार्ग पूर्ण रूपमा अवरुद्ध

काठमाडौं – अविरल वर्षासँगै देशका विभिन्न क्षेत्रमा बाढी तथा पहिरोका

काठमाडौंसहित विभिन्न क्षेत्रमा मुसलधारे वर्षा

काठमाडौं – मनसुनी प्रणाली सक्रिय हुँदा आज काठमाडौँलगायत विभिन्न क्षेत्रमा

एपीएफमा ७१ डीएसपीको सरुवा (सूचीसहित)

काठमाडौं – सशस्त्र प्रहरी बल (एपीएफ)ले ७१ जना सशस्त्र प्रहरी

दाङमा चट्याङ लागेर एकको मृत्यु, अन्य दुई घाइते

दाङ – दाङको घोराही उपमहानगरपालिका–९ मछाहीमा धान रोप्ने क्रममा चट्याङ

लुहान्स्क ‘पूर्ण रूपमा स्वतन्त्र’ भएको रूसी नेता पुटिनको दावी

मस्को – रुसी सेनाले लुहान्स्क पिपुल्स रिपब्लिकको ‘पूर्ण स्वतन्त्रता’ को