एमसीसी टेबल गर्न नदिए प्रचण्डसँगको साझेदारी तोड्ने देउवाको तयारी | Khabarhub Khabarhub

एमसीसी टेबल गर्न नदिए प्रचण्डसँगको साझेदारी तोड्ने देउवाको तयारी

सभामुख हटाउनेदेखि मन्त्री बर्खास्त गर्नेसम्मको तयारी


८ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : सत्ता गठबन्धनमा सहमति नजुटे प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले गठबन्धन भत्काउने मनस्थिती बनाएका छन् । साथै उनले माओवादी केन्द्रका सभामुख अग्नि सापकोटालाई हटाउनेसम्मको तयारी गरेका छन् ।

आइतबारको सत्ता गठबन्धनको बैठकलाई देउवाले निर्णायक भनेका छन् । अनि माओवादी अध्यक्ष प्रचण्ड र नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव नेपालसँगको सत्ता सहयात्रामा पूर्णविराम लगाउने निर्णयमा पनि देउवा पुगेका छन् ।

यस्तै एमसीसी टेबल गर्न तयार नभए माओवादी केन्द्रका सबै मन्त्रीलाई तत्काल बर्खास्त गरेर सभामुख अग्नि सापकोटाविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गर्ने तयारीमा बालुवाटार छ ।

‘एमसीसी टेबल गर्न सहमति नभए माओवादीकै मन्त्री बर्खास्त गर्ने, सभामुखविरुद्ध अविश्वास प्रस्ताव दर्ता हुने अवस्था आउन सक्छ,’ बालुवाटार स्रोतले खबरहबसँग भन्यो, ‘माओवादीको ढुलमुले पारा अब चल्दैन । तत्कालै निर्णायक तहमा वार्ता टुंग्याएर एमसीसी आज जसरी पनि टेबल गरिन्छ ।’

एमसीसी टेबल गर्न कांग्रेस, एमाले, नेकपा एकिकृत समाजवादी तयार छन् । तर माओवादी अध्यक्ष प्रचण्ड मात्रै तयार देखिएका छैनन । आजको सत्ता गठबन्धन प्रचण्डविरुद्ध निर्मम रुपमा प्रस्तुत हुने स्रोतको दाबी छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०७८, आइतबार  १० : २९ बजे

अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको तयारी धमाधम

झापा- यही कात्तिक १५ देखि २२ गतेसम्म झापामा हुने अन्तर्राष्ट्रिय

पाँच दशकपछि भारत फर्किए शीर्ष नागा विद्रोही नेता मुइवाह

उखरुल (भारत)– करिब पाँच दशकपछि भारतको उत्तरपूर्वी मणिपुर राज्यमा आफ्नो

जेन-जी आन्दोलनमा सहिद भएकालाई श्रद्धाञ्जली दिँदै सामूहिक भाइटीका (तस्बिरहरु)

काठमाडौं- भाद्र २३ र २४ गते भएको जेन-जी आन्दोलनमा सहिद

मानुङकोटमा बढे पर्यटक

दमौली (तनहुँ)- चिसो मौसम सुरु भएसँगै तनहुँको पर्यटकीयस्थल मानुङकोटमा आन्तरिक

अध्यक्ष दाहाल र अष्ट्रेलियाका सभामुखबीच भेट

जेनेभा– राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल र अष्ट्रेलियाको संसद हाउस अफ