संसदमा एमसीसी पेस गर्ने कार्यव्यवस्था परामर्श समितिको निर्णय « Khabarhub

संसदमा एमसीसी पेस गर्ने कार्यव्यवस्था परामर्श समितिको निर्णय


८ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको कार्यव्यवस्था परामर्श समितिको बैठकले एमसीसी सम्झौता अनुमोदन प्रस्ताव प्रतिनिधिसभा बैठकमा पेस गर्ने निर्णय गरेको छ ।

नयाँबानेश्वरस्थित संसद भवनमा बसेको समितिको बैठकले आजै बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी टेबुल गर्ने निर्णय गरेको हो । तर, यो निर्णयप्रति माओवादी केन्द्रले फरक मत राखेको छ । केन्द्रका तर्फबाट माओवादी प्रमुख सचेतक देव गुरुङ, जयपुरी घर्ति र रेखा शर्माले राष्ट्रिय सहमति कायम नभई टेबलसमेत हुन नहुने भन्दै असहमति राखेका हुन् । उनीहरुको लिखित असहमति रहेको छ ।

यसअघि आइतबार बिहान बसेको सत्तारुढ गठबन्धन बैठकमा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदीय समितिमा लगेर छलफल गरी सर्वदलीय सहमतिमा मात्र एमसीसी पेस गर्नुपर्ने प्रस्ताव गरेका थिए ।

प्रकाशित मिति : ८ फाल्गुन २०७८, आइतबार  १ : ३३ बजे

नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

काठमाडौं– किक बक्सिङको इतिहासमा नेपाली युवा बक्सर अविरल घिमिरे ‘हिमालयन

भोटेकोशी बाढीको एघारौं दिन : विद्युत् पूर्वाधार र सुरुङ उद्धार अभियानलाई तीव्र पारियो

काठमाडौं– भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण विद्युत् पूर्वाधारमा ठूलो

खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी

काठमाडौं– सुदूरपश्चिम तथा कर्णाली क्षेत्रको मौलिक एवं प्रमुख सांस्कृतिक पर्व

भारतीय दूतावासमा चलचित्र ‘पेन्सन पट्टा’ को ट्रेलर प्रदर्शन

काठमाडौं– प्रदर्शनका क्रममा रहेको चलचित्र ‘पेन्सन पट्टा’ को ट्रेलर काठमाडौँस्थित

भक्तपुर पर्यटनको ३२ वर्ष : ५२ लाखभन्दा बढी पर्यटक घुमे

भक्तपुर– भक्तपुरको पर्यटनको इतिहास ३२ वर्ष नाघेको छ । भक्तपुर