साउदी र कुवेतबाट विद्युतीय राहदानीको लाइभ इनरोलमेन्ट सुरु « Khabarhub

साउदी र कुवेतबाट विद्युतीय राहदानीको लाइभ इनरोलमेन्ट सुरु


९ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा  – साउदी अरब र कुवेतबाट विद्युतीय राहदानीको सेवा सुरु गरिएको छ । नेपाली दूतावासहरुले सूचना जारी गर्दै विद्युतीय राहदानी जारी गर्ने कार्य सफलतापूर्वक परीक्षण गरिएको जनाएका छन् ।

रियादमा रहेको नेपाली दूतावासले एक सूचना जारी गर्दै विद्युतीय राहदानी लागि आवेदन लिन सुरु गरिएको जनाउँदै राहदानीका लागि आवेदन फाराम भर्ने तरिका, प्रि-इनरोलमेन्टको अनिवार्यता, प्रि-इनरोलमेन्टको लिंक, राहदानीका लागि आवेदन गर्नका लागि चाहिने कागजातसहित अन्य विवरण र राहदानी दस्तुरशुल्क समेत समेटिएको विस्तृत विवरण प्रकाशन गरेको छ ।

दूतावासका अनुसार विद्युतीय राहदानी सिस्टम भर्खरै जडान गरिएको हुँदा शुरूवाती दिनहरूमा दूतावासमा जडित सिस्टम काठमाडौँमा रहेको सर्भरसँग बेला-बेला सम्पर्क बिच्छेद हुने, स्लो हुने वा अन्य प्राविधिक समस्या देखा पर्ने गरेको जनाएको छ ।

सिस्टममा प्राविधिक खराबी आए सेवाग्राहीलाई सेवा दिन नसकिने हुनसक्छ तसर्थ, अबको १-२ हप्तासम्म दूतावासले दैनिक सीमित संख्यामा मात्र आवेदन लिएर सिस्टम परीक्षण गर्नेछ । सिस्टमले राम्ररी काम गर्न थालेपछि मात्रै विद्युतीय राहदानीको लागि पूर्ण रूपमा आवेदन लिइने जनाएको छ ।

विद्युतीय राहदानीका लागि दूतावासले उपलब्ध गराएको लिंकबाट

प्रि-इनरोलमेन्ट गरेर आउने आवेदकहरुको मात्र विद्युतीय राहदानीका लागि आवश्यक बायोमेट्रिक विवरणसहितको लाईभ इनरोलमेन्ट प्रकृया अगाडि बढाइनेछ ।

राहदानी नवीकरण गर्नेहरूले आफ्नो पुरानो सक्कल राहदानी, सक्कल राहदानीको प्रतिलिपि, नागरिकताको प्रतिलिपिसहित दूतावासमा आफैं उपस्थित हुनुपर्नेछ। तत्काल रियादभन्दा बाहिर कतै पनि राहदानी आवेदन संकलन शिविर नराखिने दूतावासले जनाएको छ ।

यसैगरी, कुवेतमा रहेको नेपाली दूतावासले पनि विद्युतीय राहदानी जारी गर्ने कार्य सफलतापूर्वक परीक्षण गरिएको जनाउदै राहदानी नवीकरण गर्नेहरूले आफ्नो पुरानो सक्कल राहदानी, नागरिकताको प्रतिलिपिका साथ दूतावासमा आफैं उपस्थित हुनुपर्ने छ।

राहदानी सेवा लिन दूतावासबाट अग्रिम रुपमा (अपोईमेन्ट) समय लिनुपर्ने जनाएको छ । राहदानी बनाउन आवश्यक फोटो लगायत अन्य बायोमेट्रिक विवरणहरू दूतावासमा लाइभ लिइनेछ।

प्रकाशित मिति : ९ फाल्गुन २०७८, सोमबार  ८ : ४२ बजे

बाढीपछि कति आयो अन्तरराष्ट्रिय सहयोग ?

काठमाडौं – रसुवाको भोटेकोशीमा यही भदौ १० गते बिहान आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएका सशस्त्रका परिवारलाई २५ लाख राहत, एपीएफबाट १५ करोड ५० लाख सहयोग

काठमाडौं – सशस्त्र प्रहरी बल नेपालले रसुवाको भोटेकोशी नदीमा आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्झनामा बौद्धमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं – भोटेकोशीमा आएको बाढीमा परी ज्यान गुमाएकाहरूको चिरशान्तिको कामना

भोटेकोशी बाढी : १२ हजार ३८ जनाको उद्धार, एक हजार २८२ शव फेला

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु

उद्धार गर्न गएको सेना नै जब टनेलभित्र रात बिताउन बाध्य भयो

काठमाडौं – रसुवाको चिलिमे जलविद्युत् आयोजनाको आउटलेट टनेल क्षेत्रमा उद्धार