देउवालाई ओलीको सन्देशः ‘सरकार ढाल्दैनौँ, अन्य दलसँग गठबन्धन पनि गर्दैनौँ’ « Khabarhub

देउवालाई ओलीको सन्देशः ‘सरकार ढाल्दैनौँ, अन्य दलसँग गठबन्धन पनि गर्दैनौँ’


१० फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एमसीसी सम्झौतालाई जसरी पनि पास गराउन बल गरिरहेका प्रधानमन्त्री शेरबहादुर देउवाले पछिल्लो केही दिन सक्रियता बढाए ।

गठबन्धनका मुख्य दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका अध्यक्षसँगको छलफलसँगै उनले प्रमुख प्रतिपक्षी दलका अध्यक्ष केपीशर्मा ओलीसँग पनि कुराकानीलाई अघि बढाए ।

एमसीसी पास गर्न देउवाले कतै ओलीको साथ लिने त होइन भन्ने माओवादी र एकीकृत समाजवादीको आशंकाबीच देउवाले दूतमार्फत् वा आफैँ पुगेर प्रयास जारी राखेका छन् ।

केही दिनअघि बालकोट पुगेका देउवाले ओलीसँग एमसीसी र सरकारको बारेमा चासो राखेका थिए । बालकोटनिकट स्रोतका अनुसार देउवाले ओलीसँग कतै चुनावी तालमेल माओवादी वा नेकपा एससँग हुने त होइन भन्दै आशंका गरेका थिए । ओलीले यो चुनावमा कोहीसँग गठबन्धन नहुने आश्वस्त पार्दै सरकार नढल्नेमा देउवालाई विश्वस्त तुल्याए ।

‘प्रधानमन्त्रीको सरकार गिर्छ कि भन्ने आशंका रहेछ’ बालकोट निकट स्रोतले भन्यो, ‘अध्यक्षज्यूले गठबन्धन नहुने र सरकार नढल्ने कुरामा आश्वस्त पार्नु भयो ।’

देउवासँगको भेटमा ओलीले सरकारलाई दुई तिहाइनजिक पु¥याउने जिम्मा आफूहरूको भएकोमा आश्वस्त हुन आग्रह गरेको थियो ।

एमाले, लोसपा र जसपाको एउटा पक्षलाई लिएर सरकारलाई दुई तिहाइ नजिक पु¥याउने ओलीको भनाइ थियो । एमसीसीका विषयमा ओली प्रष्ट जवाफ नदिए पनि विवेक पु¥याएर निर्णय गरेर अघि बढ्न प्रधानमन्त्रीलाई सुझाव दिएका छन् ।

प्रकाशित मिति : १० फाल्गुन २०७८, मंगलबार  ६ : ३३ बजे

हेटौँडाको बस्ती विकास इतिहासको साक्षी वनदेवी मन्दिर

बागमती– नागस्वतीस्थित वनदेवी मन्दिर हेटौँडाको बस्ती विकाससँग जोडिएको महत्वपूर्ण सम्पदास्थल हो

इजरायलको निर्वाचनमा नेतान्याहुको गठबन्धन अगाडि, बहुमतबाट टाढा

एजेन्सी– इजरायलको आमनिर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धनले अग्रता लिए पनि संसद्मा

जातीय छुवाछुत नियन्त्रण र महिला तथा बालबालिकाको संरक्षण प्राथमिकतामा

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

३२ वर्षपछि हलमा फर्किँदै अक्षय-रवीनाको ‘मोहरा’, रणवीरको ‘रामायण’सँग भिडन्त

काठमाडाैँ – बलिउडमा कुनै समय तहल्का मच्चाएको अक्षय कुमार र

६ हजार शिक्षकको बढुवा उजुरीको पुनरावलोकन हुँदै

काठमाडौँ – शिक्षक सेवा आयोगले बढुवा योग्यताक्रम सूचीमा परेका करिब