स्थानीय तहको निर्वाचन गर्न बाटो खुल्ला « Khabarhub

स्थानीय तहको निर्वाचन गर्न बाटो खुल्ला


१० फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सर्वोच्च अदालतले स्थानीय तहको निर्वाचन रोक्न माग गर्दै दायर भएको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । उक्त आदेशसँगै निर्वाचन आयोगलाई निर्वाचनको गतिविधि सञ्चालन गर्न बाटो खुलेको छ ।

न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासले आज कारण देखाउ आदेश जारी गरेपछि आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्न बाटो खुलेको हो । महोत्तरीको भँगाहा नगरपालिकाका मेयर सञ्जीवकुमार साहले आफूहरुको कार्यकाल ६ महिना बाँकी रहेकाले त्यस अगावै हुने निर्वाचन असंवैधानिक भएकाले निर्वाचन गर्ने निर्णय बदर गर्न माग गर्दै रिट निवेदन दायर गरेका थिए ।

सर्वोच्च अदालत प्रशासनले स्थानीय तहको निर्वाचनपछि पाँचवर्षे कार्यकाल उपभोग गर्न नपाउने उल्लेख गर्दै गत माघ २६ गते पेस भएको निवेदन दर्ता (दरपीठ) गर्न अस्वीकार गरेको थियो । इजलासमा भएको सुनुवाइपछि उक्त आदेश जारी भएको हो ।

प्रकाशित मिति : १० फाल्गुन २०७८, मंगलबार  ८ : २२ बजे

राष्ट्रसङ्घको महासभामा भोटेकोशी विपदबारे सम्बोधनको तयारी गर्न निर्देशन

काठमाडौं- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संयुक्त राष्ट्रसङ्घको महासभामा भोटेकोशी

हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

तेहरान- इरानले मध्यस्थकर्तामार्फत वासिङ्टनलाई रणनीतिक हर्मुज जलसन्धि पुनः खोल्नका लागि

सई यादव हत्याका मुख्य अभियुक्त २२ महिनापछि पक्राउ

काठमाडौं– ‘हाम्रो आशा–भरोसा सबै टुटिसकेको थियो । भाइको हत्यामा संलग्न

पहिरो खसेपछि मुग्लिनमा सवारी जाम (तस्बिरहरू)

काठमाडौं– पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५, मुग्लिनमा सवारी जाम लागेको