पूर्वाधार विकाससहित चारवटा समितिको बैठक बस्दै « Khabarhub

पूर्वाधार विकाससहित चारवटा समितिको बैठक बस्दै


१७ पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सङ्घीय संसदका विभिन्न चारवटा समितिको बैठक बस्दैछ । आज पूर्वाधार विकास समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेको हो । सबै बैठक सिंहदरबारमा बस्नेछन् ।

पूर्वाधार विकास समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा समितिमा प्राप्त उजुरीबारे छलफल गर्ने कार्यसूची रहेको छ ।

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक पनि बिहान ११ बजे नै बस्नेछ । बैठकमा भूमिमा रहेको अव्यवस्थित बसोबासका सम्बन्धमा छलफल हुनेछ ।

सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक पनि बिहान ११ बजे नै बस्नेछ । बैठकमा समितिले २०८१ साल भदौ ११ गते मन्त्रालयलाई दिएको निर्देशनको कार्यान्वयन अवस्थाबारे छलफल गर्ने कार्यसूची छ ।

यता, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक दिउँसो सवा २ बजे बस्नेछ । बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका पदाधिकारीहरूसँग छलफल गर्ने तयारी छ । छलफलका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीलाई आमन्त्रण गरिएको छ ।

प्रकाशित मिति : १७ पुस २०८१, बुधबार  ७ : २६ बजे

अर्थमन्त्री वाग्ले दोहा प्रस्थान

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्ले दोहा प्रस्थान गरेका छन् ।

आजका समाचार : प्रधानमन्त्री शाह स्वदेश फिर्ता, परराष्ट्रमन्त्री अमेरिकामै, देशभर अविरल वर्षा र साउदी अरबमाथि हुथी आक्रमण तीव्र

राष्ट्रसंघको महासभामा सहभागी भएर प्रधानमन्त्री शाह स्वदेश फिर्ता संयुक्त राष्ट्रसंघको

एसियाली खेलकुद ब्याटमिन्टन : इरानसँग नेपाल पराजित

काठमाडौं- नेपाली ब्याडमिन्टन खेलाडी क्षितिज खनाल जापानमा जारी बीसौँ एसियाली

आगामी महाधिवेशन हाम्रो परीक्षाको घडी हो : संयोजक कोइराला

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतर समूहका संयोजक डा. शशांक कोइरालाले नेपाली

कान्ति लोकपथमा खसेको पहिरो हटाइयो

ललितपुर– कान्ति लोकपथमा खसेको पहिरो हटाएर रोकिएका सवारीसाधनलाई गन्तव्यतर्फ पठाइएको