सैनिक कल्याणकारी कोषको सम्पत्ति झण्डै ६० अर्ब « Khabarhub

सैनिक कल्याणकारी कोषको सम्पत्ति झण्डै ६० अर्ब


१० फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली सेनाको सैनिक कल्याणकारी कोषको सम्पत्ति झण्डै ६० अर्ब पुगेको छ ।

सेनाले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै २०७८ असार मसान्तसम्म कोषको यथार्थ सम्पती रु ५९ अर्व ९५ करोड ८९ लाख रहेको जानकारी दिएको हो । हाल कोषको नगद मौज्दात रु ५४ अर्व १२ करोड ७५ लाख रुपैया रहेको छ भने कोष अन्तर्गतका निकायहरुमा ५ अर्व ८३ करोड १४ लाख रुपैया लगानी भएको सैनिक कल्याणकारी महानिर्देशनालयका सह निर्देशक महासेनानी पुरन घलेले जानकारी दिए ।

त्यस्तै सेनाले बजेट सुनिश्चित र अरु कुनै आकस्मिक समस्या नआए तोकिएको समयमा नै तराई–मधेध द्रुत मार्ग (फास्ट ट्र्याक) आयोजना सम्पन्न हुने बताएको छ ।

पत्रकार सम्मेलनमा आयोजनाका निर्देशक प्रविधिक सहायक रथी विकास पोखरेलले आयोजनाका बिषयमा देखिएको समस्याहरु क्रमश समाधान भइरहेको र २०८१ को पुस महिनासम्‍ममा निर्माण सकिने दावी गरे । उनले आयोजनाको सबैभन्दा कठिन सुरुङ मार्ग खन्नका लागि डिजाइनको निर्माण सकिएको जानकारी दिए ।

पत्रकार सम्मेलनमा नेपाली सेनाले मातहतका निर्देशनालयबाट भएका कामका बारेमा जानकारी दिएको थियो ।

प्रकाशित मिति : १० फाल्गुन २०७८, मंगलबार  १० : ३० बजे

बाढीपीडितलाई नन्दप्रसाद जानुका फाउन्डेसन र इनास यूकेको राहत

रसुवा- नन्दप्रसाद जानुका फाउन्डेसन र अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) यूकेले

बाढीपछिको पुनरुत्थानमा चिनियाँ सहयोग निरन्तर रहन्छ : राजदूत माओमिङ

त्रिशूली– नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले भोटेकोशी हुँदै त्रिशूली

शिक्षामन्त्री पोखरेलद्वारा सातवटै प्रदेशका शिक्षा मन्त्रीसँग छलफल

काठमाडौं–  शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सातवटै प्रदेशका शिक्षा हेर्ने

आत्महत्याबारे मौन नरहौँ, संवाद सुरु गरौँ : मानव अधिकार आयोग

सुदूरपश्चिम– राष्ट्रिय मानव अधिकार आयोगले आत्महत्या रोकथामका लागि आत्महत्याबारे मौन

यस्तो छ देवीघाटमा पाँच दिनमा तयार एक्रो ब्रिज (तस्बिरहरू)

काठमाडौं– नुवाकोटको विदुर नगरपालिका–५ देवीघाटस्थित तादी नदीमा नेपाली सेनाले एक्रो ब्रिज