सोमालियाका ५५ लाख नागरिकलाई खाद्यान्न उपलब्ध गराउन राष्ट्रसंघको माग « Khabarhub

सोमालियाका ५५ लाख नागरिकलाई खाद्यान्न उपलब्ध गराउन राष्ट्रसंघको माग


११ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- संयुक्त राष्ट्रसंघले सोमालियाका करिब ५५ लाख नागरिकका लागि तत्काल खाद्य सहायता उपलब्ध गराउनुपर्ने बताएको छ।

संयुक्त राष्ट्र संघीय मानवीय सहायतासम्बन्धी एजेन्सीले त्यहाँको अवस्था विकराल बन्दै गएको र खडेरीका कारण लाखौं मानिस भोकमरीको गम्भीर अवस्थामा पुगेको भन्दै तत्काल खाद्यान्न सहायता आवश्यक रहेको बताएको हो।

त्यहाँ अहिलेसम्म ५५ लाख मानिसले खाद्यान्नको अभाव झेलिरहेका र ती मध्ये १४ लाखभन्दा बढी बालबालिका रहेका पनि राष्ट्रसंघले जनाएको छ।

सोमालियाका लागि राष्ट्रसंघीय मानवीय सहायतासम्बन्धी एजेन्सीका प्रतिनिधि आदम अब्दैलमौलाले चरम भोकमरीका कारण त्यहाँका पाँच वर्षभन्दा मुनिका बालबालिका कुपोषित भएको र तत्काल उपचार नगरे उनीहरुको ज्यानै जान सक्ने भन्दै चिन्ता व्यक्ति गरेका छन्।

भोकमरीका कारण त्यहाँ करिव पाँच लाख मानिस खानेकुराको खोजीका अन्य स्थानमा पलायन भइसकेका र करिव २९ लाख मानिस देशभित्रै विस्थापित भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

प्रकाशित मिति : ११ फाल्गुन २०७८, बुधबार  ७ : ०० बजे

राष्ट्रसंघमा प्रधानमन्त्रीको सहभागिताबारे रास्वपामै दुई मत, रविले वालेन्द्रसँग कुरा गर्ने

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको महासभामा जाने–नजाने विषयमा राष्ट्रिय

इलाममा ट्रक दुर्घटना, एक जनाको घटनास्थलमै मृत्यु

इलाम – बेलिब्रिजको सामग्री बोकेको ट्रक आज इलाममा ट्रक दुर्घटना

बाढी पीडितका नाममा रकम संकलन गरेको आरोपमा पक्राउ

काठमाडौं– बाढीपीडितका लागि भन्दै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम

बाढी प्रभावित क्षेत्रमा अनधिकृत ड्रोन उडाउन रोक, जफत गरिने

काठमाडौं – गृह मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा साना तथा अनधिकृत ड्रोन उडान