एमसीसीको डढेलो निभाउने जिम्मा सबै दलको हो : बाबुराम भट्टराई | Khabarhub Khabarhub

एमसीसीको डढेलो निभाउने जिम्मा सबै दलको हो : बाबुराम भट्टराई


११ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अमेरिकी अनुदान सहयोग एमसीसी संसदमा टेबुल भए पनि पास गर्ने विषयमा सत्ता गठबन्धनभित्रै मतभेद देखिएपछि जनता समाजवादी पार्टी संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले दुई विकल्प अगाडि सारेका छन् ।

उनले पहिलो विकल्प, गठबन्धन दल सबैले एमसीसीको पक्षमा भोट हाल्नुपर्ने भए पनि अहिलेको परिस्थितिमा सम्भव नरहेको बताएका छन् ।

पाँच दलीय गठबन्धनमा राष्ट्रिय जनमोर्चा सडक आन्दोलनमा छ । माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) सत्तामा रहे पनि एमसीसीको विरोधमा आफ्ना जनवर्गीय संगठनलाई आन्दोलनमा उतार्दै आएका छन् । जसपाभित्र पनि दुई धार छ ।

गठबन्धनको नेपाली कांग्रेस पास गर्ने पक्षमा रहे पनि एक्लैले बहुमत पुग्दैन । भट्टराईले अर्को विकल्प अगाडि सारेका छन्- नयाँ समीकरण । नयाँ समीकरण गर्न प्रमुख प्रतिपक्ष एमालेको साथ चाहिन्छ । यो विषयमा कांग्रेस र एमाले नेताहरूबीच छलफल चले पनि कुनै सहमति जुटेको छैन ।

खासगरी प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पारित गर्न एमालेको साथ खोजे पनि उक्त दलका अध्यक्ष केपी ओलीले ‘गठबन्धन भत्काउनुपर्ने’ सर्त राखेका छन् ।

भट्टराई लेख्छन्, ‘एमसीसीको डढेलो लगाएपछि यसलाई निभाउने जिम्मा सबै दलको हो । सामान्य संसदीय कर्मकाण्ड पूरा गरेर पास गर्दा यसको भित्री-बाहिरी स्वीकार्यता रहन्न । यो विन्दूमा आएर पास नगर्दा देश झन् ठूलो सामरिक द्वन्दमा फस्छ । कि गठबन्धन दल सबैले पक्षमा भोट हाल्नपर्‍यो कि नयाँ समीकरण बन्नुपर्‍यो ! अर्को बाटो छैन !’

प्रकाशित मिति : ११ फाल्गुन २०७८, बुधबार  ८ : ४८ बजे

जंगलको बीचमा अर्कैको घरमा बस्थ्यो हायु परिवार, मोबाइल फोनको अन्तिम लोकेशन रामेछाप

काठमाडौं- सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ स्थित भण्डास बिप्पर कटेरीबाट हराएका एकै

नाउपाले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाह १५ गते विश्वासको मत लिँदै

धनगढी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिने भएका

नागपञ्चमीको तयारी (तस्बिरहरू)

काठमाडौं– नागपञ्चमीको अघिल्लो दिन सोमबार नागको चित्र र गोबर बिक्री गर्दै

‘श्रम संसार’ पोर्टललाई थप सुधार गरेर सञ्चालन गर्छौँ : श्रममन्त्री भण्डारी

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले एकीकृत श्रम

पर्यटन नीति सार्वजनिक गर्दै मन्त्रीले भने- निजी क्षेत्रसँग सहकार्य गर्न चाहन्छौँ

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन नीति २०८२