चेल्सीको क्वाटरफाइनल यात्रा बलियो « Khabarhub

चेल्सीको क्वाटरफाइनल यात्रा बलियो


११ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इंग्लिस क्लब चेल्सीले च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को पहिलो लेगमा जित निकालेको छ ।

घरेलु मैदान स्टामफोर्ड ब्रिजमा मंगलबार राति भएको खेलमा चेल्सीले लिललाई २-० गोल अन्तरले हराएको हो ।

८ औं मिनेटमा केइ हाभर्टेइजले हेड गर्दै सुरुवाती अग्रता दिलाए। पहिलो हाफमा १-० को अग्रता बनाएको चेल्सीले दोस्रो हाफमा थप एक गोल गर्‍यो। चेल्सीका लागि क्रिश्टियन पुलिसिकले एनगेलो कान्टेले ६३ औं मिनेटमा दिएको पासलाई सदुपयोग गर्दै खेलमा अग्रता दिलाएका थिए। त्यसपछि थप गोल हुन सकेन र चेल्सीले सहज रुपमा खेल २-० ले आफ्नो पक्षमा पार्‍यो।

यससँगै चेल्सीले क्वाटरफाइनल यात्रा बलियो बनाएको छ। चेल्सी र लिलबीचको दोस्रो लेग मार्च १७ मा हुनेछ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७८, बुधबार  ८ : ५९ बजे

इलाममा ट्रक दुर्घटना, एक जनाको घटनास्थलमै मृत्यु

इलाम – बेलिब्रिजको सामग्री बोकेको ट्रक आज इलाममा ट्रक दुर्घटना

बाढी पीडितका नाममा रकम संकलन गरेको आरोपमा पक्राउ

काठमाडौं– बाढीपीडितका लागि भन्दै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम

बाढी प्रभावित क्षेत्रमा अनधिकृत ड्रोन उडाउन रोक, जफत गरिने

काठमाडौं – गृह मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा साना तथा अनधिकृत ड्रोन उडान

बाढीमा फसेका ११४ नेपाली तातोपानी नाकाहुँदै नेपाल फर्किए

सिन्धुपाल्चोक-रसुवाको भोटेकोशी बाढीका कारण चीनतर्फ फसेका ११४ नेपाली नागरिक केरुङ