तीन दिनदेखि वैदेशिक रोजगारीमा जाने कामदारको उडान ठप्प « Khabarhub

तीन दिनदेखि वैदेशिक रोजगारीमा जाने कामदारको उडान ठप्प


२० जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- रोजगारीका लागि विभिन्न मुलुक जाने कामदारका कारण खचाखच हुने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तीनदेखि ह्वत्तै चाप घटेको छ । सरकारसमक्ष विभिन्न माग राख्दै आन्दोलनमा उत्रिएका वैदेशिक रोजगार व्यवसायीले विदेश जाने कामदारको हवाइ जहाज टिकट काट्न बन्द गरेपछि विमानस्थलमा यात्रुको स‌ंख्या घटेको हो ।

कामदार पठाउन बन्द गरेसंगै कामदारका कारण खचाखच हुने विमानस्थल सुनसान बनेको सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका वैदेशिक रोजगार व्यवसाय संघका प्रतिनिधिले बताए । संघले मलेसियाको रोजगारी तत्काल खुलाउनु पर्ने, म्यानपावर कम्पनीको धरौटी रकमबाट ब्याज पाउनुपर्नेलगायतका माग राख्दै आन्दोलनमा उत्रिएको छ । उनीहरुले आन्दोलन स्वरुप यही जेठ १७ देखि २३ गतेसम्म कामदार विदेश पठाउन ठप्प परेका छन् ।

संघले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले व्यवसायीका माग सम्बोधनका लागि गम्भीर नभएको र व्यवसायीलाई एकलौटी पलेर जान खोजेको भन्दै थप आन्दोलन गर्ने तयारी गरिररहेको जनाएको छ । सोमबार बिहान व्यवसायी कामदार गइरहेका छन् की छैन भनेर छड्के अनुमगनका लागि विमानस्थल पुगेका थिए । व्यवसायी विमानस्थल जादाँ विमानस्थलभित्रको प्रतिक्षालय सुनुसान रहेको संघका प्रथम उपाध्यक्ष रामप्रसाद भान्तनाले जानकारी दिए ।

प्रकाशित मिति : २० जेठ २०७६, सोमबार  ११ : ३३ बजे

रास्वपा भोजपुरको सभापतिमा भुजेल

भोजपुर– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भोजपुरको सभापतिमा ख्याम भुजेल निर्वाचित

बयलगाडाले किचेर घाइते बालकको मृत्यु

बरहथवा– सर्लाहीको बरहथवामा बयलगाडाले किचेका बालकको आज उपचारका क्रममा मृत्यु भएको

कास्की प्रहरीको ‘स्विप अप्रेसन’, ४० जना कारबाहीमा

गण्डकी– समाजमा अवैध गतिविधि, गुण्डागर्दी र शान्तिसुरक्षामा खलल पुर्‍याउने कार्यविरुद्ध जिल्ला

प्रधानमन्त्री शाहको ‘फेसबुक पोस्ट’ले सामाजिक सञ्जालमा बहस

काठमाडौँ – प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जाल फेसबुकमा राखेको एउटा

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल