संसदमा एमसीसीमाथि छलफलको तयारी : प्रचण्ड र सभामुखको महत्वपूर्ण भेट « Khabarhub

संसदमा एमसीसीमाथि छलफलको तयारी : प्रचण्ड र सभामुखको महत्वपूर्ण भेट


१२ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बिहीबार अमेरिकी विकास सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन(एमसीसी)माथि प्रतिनिधिसभामा छलफल हुने कार्यसूची सार्वजनिक भएपछि सत्ता गठबन्धनका नेताको भेट बाक्लिएको छ।

सभामुख अग्निप्रसाद सापकोटाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकम दाहाल ‘प्रचण्ड’लाई भेट्नुलाई महत्वका साथ हेरिएको छ।

प्रतिनिधि सभाको बैठकमा एमसीसी बारे छलफलको सम्भावित कार्यसूची सार्वजनिक भएपछि प्रचण्ड र सभामुख सापकोटाबीच भेटवार्ता भएको हो।

अध्यक्ष प्रचण्ड सभामुखलाई भेट्न लैनचौरस्थित निवास पुगेका थिए। भेटमा माओवादी केन्द्रका नेता नारयणकाजी श्रेष्ठ सहभागी थिए। सत्ता गठबन्धनको नेतृत्वकर्ता नेपाली काँग्रेसले एमसीसी अगाडि बढाएपछि माओवादीले यो विषयमा दोहोरो भूमिका निर्वाह गरिराखेको छ।

सत्ता गठबन्धनको नेतृत्वकर्ता कांग्रेस र प्रधानमन्त्री शेरबहादुर देउवा जसरी पनि एमसीसी पास गर्ने पक्षमा अगाडि बढेपछि माओवादी संकटमा परेको छ।

बुधबार नै प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको थियो। सत्ता गठबन्धनले एमसीसीमा सहयोग नगरे प्रतिपक्षी दल एमालेसँग सहकार्य गर्ने चेतावनी प्रधानमन्त्री देउवाले प्रचण्ड र माधव नेपाललाई दिइसकेका छन्।

बुधबार सार्वजनिक कार्यसूची अनुसार आजबाट संसदमा एमसीसीमाथि छलफल हुँदैछ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७८, बिहीबार  ६ : १२ बजे

सरकारलाई ओलीको चेतावनी : एमाले नेतृत्वलाई छोए देश नै ठप्प पार्छौँ 

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको चुनौतीलाई सामना

जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने

एजेन्सी– जर्मन सरकारले बिहीबार जर्मनीमा शरण दिने वाचा गरिएका तर

रवि शुक्रबार मात्रै छुट्ने, रुपन्देही अदालतबाट पूर्जी लिनुपर्ने

काठमाडौं- सहकारी ठगीमा जेल परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

निर्वाचन नै अन्तिम विकल्प : अर्थमन्त्री खनाल

तिलोत्तमा– अर्थमन्त्री रामेश्वरप्रसाद खनालले निर्वाचन अन्तिम विकल्प रहेको बताएका छन् 

अध्यक्ष बनेलगत्तै ओलीको आक्रमक सम्बोधन : यो सरकारसँग भिड्न तयार छौँ, परिआए ढालिदिन्छौँ

काठमाडौं- नेकपा (एमाले) का अध्यक्षमा तेस्रो कार्यकालका लागि निर्वाचित केपी