संसदमा एमसीसीमाथि छलफलको तयारी : प्रचण्ड र सभामुखको महत्वपूर्ण भेट « Khabarhub

संसदमा एमसीसीमाथि छलफलको तयारी : प्रचण्ड र सभामुखको महत्वपूर्ण भेट


१२ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बिहीबार अमेरिकी विकास सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन(एमसीसी)माथि प्रतिनिधिसभामा छलफल हुने कार्यसूची सार्वजनिक भएपछि सत्ता गठबन्धनका नेताको भेट बाक्लिएको छ।

सभामुख अग्निप्रसाद सापकोटाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकम दाहाल ‘प्रचण्ड’लाई भेट्नुलाई महत्वका साथ हेरिएको छ।

प्रतिनिधि सभाको बैठकमा एमसीसी बारे छलफलको सम्भावित कार्यसूची सार्वजनिक भएपछि प्रचण्ड र सभामुख सापकोटाबीच भेटवार्ता भएको हो।

अध्यक्ष प्रचण्ड सभामुखलाई भेट्न लैनचौरस्थित निवास पुगेका थिए। भेटमा माओवादी केन्द्रका नेता नारयणकाजी श्रेष्ठ सहभागी थिए। सत्ता गठबन्धनको नेतृत्वकर्ता नेपाली काँग्रेसले एमसीसी अगाडि बढाएपछि माओवादीले यो विषयमा दोहोरो भूमिका निर्वाह गरिराखेको छ।

सत्ता गठबन्धनको नेतृत्वकर्ता कांग्रेस र प्रधानमन्त्री शेरबहादुर देउवा जसरी पनि एमसीसी पास गर्ने पक्षमा अगाडि बढेपछि माओवादी संकटमा परेको छ।

बुधबार नै प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको थियो। सत्ता गठबन्धनले एमसीसीमा सहयोग नगरे प्रतिपक्षी दल एमालेसँग सहकार्य गर्ने चेतावनी प्रधानमन्त्री देउवाले प्रचण्ड र माधव नेपाललाई दिइसकेका छन्।

बुधबार सार्वजनिक कार्यसूची अनुसार आजबाट संसदमा एमसीसीमाथि छलफल हुँदैछ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७८, बिहीबार  ६ : १२ बजे

गणेश पराजुलीले भने- सरकारले कामै गरेन भन्नेको भ्रम चिर्दै अघि बढ्छौँ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वर्तमान सरकारले गरेका कामबारेमा

इङ्ग्ल्यान्ड-अर्जेन्टिना सेमिफाइनल प्रतिस्पर्धा ‘उच्च जोखिम’को, खेल नहुँदै फकल्याण्ड द्वीपसम्बन्धी झण्डा प्रदर्शन

काठमाडौं– फिफा विश्वकपअन्तर्गत इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबीच हुने सेमिफाइनल खेललाई प्रतियोगिताकै

उपत्यकाका अस्तव्यस्त तार साउन दोस्रो साताभित्र व्यवस्थापन गरिसक्न निर्देशन

काठमाडौं– काठमाडौं उपत्यकामा वर्षौंदेखि सडकका पोलमा गुजुल्टो परेर लत्रिएका तथा

स्पेनसँग हारेसँगै प्रशिक्षकमाथि खनिए एमबाप्पे, रणनीति बनाउन चुक्दा नतिजा उम्किएको गुनासो

काठमाडौं- फ्रान्सका कप्तान किलियन एम्बाप्पेले फिफा विश्वकपको सेमिफाइनलमा स्पेनसँग पराजित

कुवेत र बहराइनद्वारा इरानी हवाई आक्रमण विफल पारेको दाबी

एजेन्सी- कुवेत र बहराइनले बुधबार इरानबाट गरिएका हवाई आक्रमणहरू आफ्नो