सदनलाई सहज रुपमा अघि बढाउनका लागि विभिन्न दलका नेताहरुसंग छलफल भइरहेको छ : गृहमन्त्री « Khabarhub

सदनलाई सहज रुपमा अघि बढाउनका लागि विभिन्न दलका नेताहरुसंग छलफल भइरहेको छ : गृहमन्त्री


१२ फाल्गुन २०७८, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सरकारका गृहमन्त्री बालकृष्ण खाँणले सदनलाई सहज रुपमा अघि बढाउनका लागि विभिन्न दलका नेताहरुसंग छलफल भइरहेको बताएका छन् ।

बिहीबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै खाँणले सरकार सदन सुचारु गराउन चाहने भन्दै यसका लागि छलफल भइरहेको बताए । उनले सदनलाई सहज गराउने र प्रक्रियामा अगाडि बढेका प्रस्तावहरूलाई टुंगोमा पु-याउने  गरी कोसिस भइरहेको जानकारी दिए । उनले सरकारमा रहेका सबै घटकहरूले सरकारले ल्याएको प्रस्तावको पक्षमा मतदान गर्नुपर्ने धारणा राखे ।

त्यस्तै एमाले नेता योगेश भट्टराईले एमालेले उठाएका माग सम्बोधन नगरी सरकारलाई सहयोग गर्न नसकिने प्रष्ट पारे। उनले गठबन्धनकै कारण नेपालको अन्तर्राष्ट्रिय छवि बिग्रिएको पनि बताए । एमसीसी पारित गराउने दायित्व प्रतिपक्षी दलको नरहेको भन्दै भट्टराईले सरकारको मुख्य घटक नेपाली कांग्रेसले प्रतिपक्षसँग संवाद गर्न सकारात्मक पहल भएको जिकिर गरे ।

त्यस्तै नेकपा एकीकृत समाजवादी नेता जीवनराम श्रेष्ठले एमसीसीलाइ जवरजस्त अघि बढाउन नहुने र यसका लागि सदनलाई सूचारु गर्नुपर्ने धारणा राखे ।

त्यस्तै प्रतिपक्षको अवरोध हटाउन प्रधानमन्त्री र सभामुखले पहल गरौ भनेर कार्यव्यवस्थामा आफूहरुले नै सुझाव दिएको उनले बताए ।

प्रकाशित मिति : १२ फाल्गुन २०७८, बिहिबार  ५ : ४८ बजे

फ्लेभियो बोल्सोनारो र परिवारलाई अमेरिकाले भिसा दिने

एजेन्सी-ब्राजिलको राष्ट्रपति निर्वाचनमा लुइज इनासियो लुला दा सिल्भासँग पराजित फ्लेभियो

भारत–पाकिस्तान युद्ध रोक्न २५० प्रतिशत भन्सार शुल्कको धम्की दिएको ट्रम्पको दाबी

एजेन्सी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीचको सैन्य द्वन्द्व

टस जितेको सुदूरपश्चिमले बलिङ रोजेपछि पहिले ब्याटिङ गर्दै पोखरा

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा

मुख्य धानखेत बगरमा परिणत

रसुवा– उत्तरगया गाउँपालिका वडा नं ४ र ५ को मुख्य

विना बर्दीका प्रहरी प्रयोग गरी गिरफ्तारी गर्ने प्रवृत्तिविरुद्ध ओलीको खबरदारी

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वाधीनता र लोकतन्त्रको