मिस ग्ल्याम वर्ल्ड २०२२ मा नेपालकी श्रेष्ठले प्रतिस्पर्धा गर्ने    « Khabarhub

मिस ग्ल्याम वर्ल्ड २०२२ मा नेपालकी श्रेष्ठले प्रतिस्पर्धा गर्ने   


१३ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – मिस ग्ल्याम वर्ल्ड २०२२ का लागि नेपालकी इरिना श्रेष्ठले प्रतिस्पर्धा गर्ने भएकी छन्।

आगामी १९-२८ अगष्टमा भारतको कोचिन, केरलामा हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ वर्षिया मोडल श्रेष्ठले प्रतिस्पर्धा गर्ने गत बुधबार विशालबजारस्थित बेन्टो लाउन्ज एण्ड बारमा फेशन ईराद्वारा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो। कार्यक्रममा श्रेष्ठलाई आमा ईन्दिरा श्रेष्ठ र बुवा जयन्द्र श्रेष्ठले ताज पहिराईदिएका थिए ।

विश्वका सय भन्दा बढी राष्ट्रको सहभागिता रहने उक्त प्रतियोगिताका लागि श्रेष्ठ योग्य एवं सक्षम भएको आयोजकको दाबी छ । हाल स्नातक तहमा अध्ययनरत तथा विगत केही वर्षदेखि मोडलिङ गर्दै आएकी श्रेष्ठले थुप्रै चर्चित फेशन सोहरुमा सहभागिता जनाइसकेकी छन् ।

मिडियाकर्मी श्रेष्ठ मिस ग्ल्याम वर्ल्ड २०२२ मा आफ्नो सहभागिता हुने भएपछि उत्साहित छिन् । यो ताज नेपाल भित्र्याउन सक्दो प्रयास गर्ने उनले बाचा गरिन् ।

मिस ग्ल्याम वर्ल्ड २०२२ एक अन्तर्राष्ट्रिय प्रतियोगिता मात्र नभै नेपाललाई विश्वमा चिनाउने एक अवसर भएको आयोजक फेशन ईराका कार्यकारी अध्यक्ष आनन्द सिंहले बताएका छन् ।

प्रकाशित मिति : १३ फाल्गुन २०७८, शुक्रबार  १० : ५० बजे

‘गौैँथली’ लाई ‘वेस्ट फरेन सिनेमा’ को अवार्ड

काठमाडौँ–  ‘वल्र्ड फिल्म फेस्टिभल इन क्यान्स’ मा नेपाली कथानक चलचित्र

निर्वाचनपछि इरानमा आक्रमणको तयारी गर्दै अमेरिका, सतर्क रहन खाडी मुलुकलाई चेतावनी

काठमाडौँ- अमेरिकाले खाडी क्षेत्रका मुलुकहरूलाई आफ्नो मध्यावधि निर्वाचनपछि इरानविरुद्ध तीव्र सैन्य

नेपाल प्रिमियर लिग : पोखरा र सुदूरपश्चिम मैदानमा

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत सुदूरपश्चिम रोयल्सविरुद्ध

लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे

 काठमाडौँ – लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी

सरकारी वेबसाइटमा सुरक्षित एसएसएल/टीएलएस प्रमाणपत्र अनिवार्य

काठमाडौँ- सरकारले सबै सरकारी निकायका आधिकारिक वेबसाइटमा वैध एसएसएल/टीएलएस प्रमाणपत्र जडान