रिद्धि सिद्धि सिमेन्टका सञ्चालक खरेलको निधन « Khabarhub

रिद्धि सिद्धि सिमेन्टका सञ्चालक खरेलको निधन


१३ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– रिद्धि सिद्धि सिमेन्ट प्राइभेट लिमिटेडका सञ्चालक राजेश खरेलको निधन भएको छ ।

उनको ४५ वर्षको उमेरमा असामयिक निधन भएको हो ।

सिमेन्ट उद्योग क्षेत्रमा उत्कृष्ट सेवा गर्दै आएको खरेलको निधनले समग्र नेपाली सिमेन्ट उद्योगमा नै अतुलनीय क्षति पुगेको कम्पनी, व्यापारी तथा शुभचिन्तकहरूले बताएका छन् ।
छोटो अवधिमै नेपाली उपभोक्ता माझ सफल र विश्वसनीय कम्पनीका रूपमा रिद्धि सिद्धिलाई स्थापित गराउन खरेलको समर्पण र कार्यप्रतिको निष्ठाले उल्लेखनीय भूमिका खेलेको कम्पनीले जनाएको छ ।

२०७३ सालमा हेटौंडाको रातोमाटेमा स्थापित रिद्धि सिद्धि सिमेन्ट, शंकर गु्रप र अम्बे गु्रपको भेन्चर हो । स्थापनाको ५ वर्ष भित्रै गुणस्तरीय उत्पादन गर्ने कम्पनीका रूपमा रिद्धि सिद्धि स्थापित भइसकेको र यसमा खरेलको महत्वपूर्ण योगदान रहेको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७८, शुक्रबार  ३ : ५६ बजे

ओली–लेखक पक्राउबारे कांग्रेस किन मौन ?

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली तथा पार्टीका

अध्यक्ष ओलीको पक्राउ विरुद्ध एमालेको प्रदर्शन (तस्बिरसहित)

काठमाडौँ– पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्राउ विरुद्ध नेकपा एमालेले

पक्राउ परेका ओली अस्पताल भर्ना, ५०१ नम्बर बेडमा राखियो

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली त्रिभुवन विश्वविद्यालय (त्रिवि)

कांग्रेसले आज नवनिर्वाचित सांसदहरुका लागि सचेतना कार्यक्रम गर्दै

काठमाडौँ– नेपाली कांग्रेसले नवनिर्वाचित सांसदहरूका लागि आज ‘संसदीय सचेतना’ कार्यक्रम

ओली र लेखकको तत्काल रिहाइ गर्न कोशी प्रदेशका मुख्यमन्त्री कार्कीको माग

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले एमाले अध्यक्ष केपी शर्मा