ए डिभिजन लिगको आज अन्तिम दिन : तीन खेल हुँदै « Khabarhub

ए डिभिजन लिगको आज अन्तिम दिन : तीन खेल हुँदै


१४ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सहिद स्मारक ‘ए’ डिभिजन लिग २०७८ को अन्तिम दिन आज विभागीय टोली त्रिभुवन आर्मी क्लबविरुद्ध मैदान उत्रदा मनाङ मर्स्याङदी क्लब दोस्रो स्थानमा रहँदै लिगको अन्त्य गर्ने लक्ष्यमा हुनेछ ।

लिगको अन्तिम दिन शनिबार तीन खेलहरु हुँदैछन् । दिउँसो १ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सात पटकको च्याम्पियन मनाङले आर्मीको सामना गर्दैछ । सोही समयमा सातदोबाटोस्थित एन्फा मुख्यालयमा हुने अर्को खेलमा न्युरोड टिम (एनआरटी) नेपाल पुलिस क्लबविरुद्ध प्रतिस्पर्धामा उत्रनेछ ।

दिनको तेस्रो खेलमा ४ : ४५ बजे एपिएफ फुटबल क्लबले लिग च्याम्पियन मछिन्द्र फुटलब क्लबलाई चुनौती प्रस्तुत गर्दैछ । लिगको साविक विजेतासमेत रहेको मछिन्द्रले ११औं चरणमा सातदोबाटो युथ क्लबलाई १-० ले पराजित गरेसँगै दुई खेल अगावै उपाधि रक्षा गरेको थियो।

लिगका पुछारमा रहेका च्यासल युथ क्लब र ब्रिगेड ब्वाइज क्लब (बिबिसी) यसपाली शीर्ष डिभिजन लिगबाट दोस्रो डिभिजनमा घटुवा हुने टोली बने ।

तालिकाको शीर्ष स्थानमा रहेको मछिन्द्रले १२ खेलबाट ३२ अंक जोडेको छ । लिगमा मछिन्द्र हालसम्म अपराजित छ । दोस्रो स्थानमा रहेको आर्मीलले २२, चौथो स्थानको एनआरटीले २०, पाँचौं स्थानको मनाङले २०, आठौं स्थानमा रहेको एपिएफले १५ र ११औं स्थानको पुलिसले १२ अंक जोडेका छन् ।

मंसिर तीन गतेदेखि सुरु भएको लिगका खेलहरु दशरथबाहेक एन्फा मुख्यालय र पोखरा रंगशाला गरी तीन मैदानमा भए ।

प्रकाशित मिति : १४ फाल्गुन २०७८, शनिबार  १० : १२ बजे

भेनेजुएला भूकम्प : आठ दिनपछि भग्नावशेषबाट एक व्यक्तिको सकुशल उद्धार

काटिया ला मार- भेनेजुएलामा विनाशकारी दुई भूकम्पको आठ दिनसम्म भग्नावशेषमा

बालेनले गरे सात विश्वविद्यालयमा उपकुलपति नियुक्त, टियुमा डा. भोला थापा, अरुमा को ?

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले सात विश्वविद्यालयमा उपकुलपति नियुक्त गरेका छन्

बर्डफ्लु सङ्क्रमण : कुखुराको मासु र अण्डा पकाएर खान सुरक्षित छ ?

चितवन– कुखुराको मासु र अण्डा पकाएर खाँदा बर्डफ्लुबाट पूर्ण सुरक्षित

गोल्फुटार बैठकको निष्कर्ष- एकताको महाधिवेशनका सम्भावनाहरू क्षीण भएर गए

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतर समूहले अहिलेको अवस्थामा एकताको महाधिवेशनका

मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

काठमाडौं– मेलम्ची खानेपानी विकास समितिले आजदेखि मनसुन अवधिभर काठमाडौँ उपत्यकामा