दुवै आँखा नदेख्ने सुनिता, जसले घर सम्हाल्छिन् « Khabarhub

दुवै आँखा नदेख्ने सुनिता, जसले घर सम्हाल्छिन्


१४ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी- राजविराज नगरपालिका–१ की २४ वर्षीया सुनिताकुमारी रजक दुवै आँखा देख्दिनन् । उनमा यो समस्या जन्मैदेखिको हो । तर, समस्या छ भनेर उनी चुप लागेर भने बस्दिनन् । घरबाहिर धेरै हिंडडुल नगर्ने सुनिताकुमारी घरभित्रका काम भने सबै गर्छिन ।

उनका भाईबहिनी विद्यालय जान्छ । बाबू ठेला चलाउने र आमा अर्काको घरमा गएर काम गर्छिन । घरमा कोही नभएपछि घरभित्रका सबै कामको जिम्मेवारी सुनितामै आउँछ । तर उनले यो कामलाई कहिल्यै रोकिनन् । बिहान उठेर घर बढार्ने, भाँडा मस्काउने, गाईवस्तुलाई चारो हाल्ने, खाना पकाउने सबै काम उनी कसैको सहयोगविनै पटापट गर्छिन ।

उनी भन्छिन्, ‘म आँखा देख्दिन, अडकलको भरमा सबै काम गर्छु ।’

उनकी आमा दुर्गा देवी रजकका अनुसार जेठी सन्तान सुनिताकुमारी जन्मैदेखि दुवै आँखा देख्दिनन् । आँखा नदेखे पनि काम नगरी कहिल्यै बस्दिन । अरु छोराछोरीले नगर्ने काम पनि उनी एक्लैले गर्ने गरेको उनको भनाइ छ ।

उनले भनिन्, ‘आँखा नदेख्ने भए पनि घरमा उ भएपछि मलाई ढुक्क हुन्छ । हामी बुढाबुढी दुवैजना घरबाहिर काम गर्न जान पाएका छौं ।’
सुनिताको विवाह पनि भएको थियो । बोल्न नसक्ने एउटा केटासँग विवाह भए पनि उसले छोडेर अर्काे विवाह गरे । त्यसपछि सुनिता माइतीमा आएकी हुन् ।

प्रकाशित मिति : १४ फाल्गुन २०७८, शनिबार  २ : ५१ बजे

ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडको आयोजनामा आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) तथा

एमालेद्वारा बालेन सरकारको १०० दिनको समीक्षा : काम फितलो र योजनाहरू विवादास्पद

काठमाडौं– नेकपा (एमाले)ले वालेन्द्र शाह नेतृत्वको सरकारको एक सय दिन

बैतडीमा यात्रुवाहक बस दुर्घटना : १७ जना घाइते

दशरथचन्द– बैतडीमा यात्रुवाहक बस दुर्घटना हुँदा १७ जना घाइते भएका

सुशासन र नागरिक सेवाका हिसाबले सरकारका सय दिन सफल : रवि

काठमाडौं- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

सीप अवसर र रोजगारी भन्ने नाराका साथ पोखरामा रोजगार मेला

काठमाडौं– सीप अवसर र रोजगारी भन्ने नाराका साथ पोखरामा रोजगार