रुसले आफुलाई पक्राउ गर्ने योजना विफल भएको युक्रेनी राष्ट्रपतिको दाबी « Khabarhub

रुसले आफुलाई पक्राउ गर्ने योजना विफल भएको युक्रेनी राष्ट्रपतिको दाबी


१४ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले गएराति आफूलाई पक्राउ गरि रुस पक्षका नेतालाई राष्ट्रपति बनाउने योजना बिफल पारिएको दाबि गरेका छन्।

राष्ट्रपति जेलेन्स्कीले एक भिडिओ सन्देशमा जारी गर्दै रुसी योजना युक्रेनी सैनिकले विफल पारिदिएको बताए। भिडयो सन्देशमा उनले युक्रेनमाथि रुसीको आक्रमण रोक्न रुसी जनतालाई आह्वान पनि गरेका छन्।

जेलेन्स्कीले युक्रेनी सेनाले किभ र वरपरका सहरहरूमाथि नियन्त्रण कययमै राखेको दाबी गर्दै युक्रेन युरोपेली सङ्घको सदस्य हुने अधिकार रहेको र बताएका छन्। यता, राजधानी किभमा राति १० बजेबाट बिहान ७ बजेसम्म लागु गरिँदै आएको कर्फ्यू आदेश साँझ ५ बजेदेखि बिहान ८ बजेसम्म जारी गरिएको छ।

कर्फ्यूको समयमा कसैलार्क पबन सडकमा ननिस्कन आग्रह गर्दै किएभका मेयर भिताली क्लित्स्कोले उक्त आदेशको समयमा सडकमा देखिने जोकोहीलाई शत्रु समूहको सदस्य मानिने चेतावनी दिएका छन् ।

प्रकाशित मिति : १४ फाल्गुन २०७८, शनिबार  ७ : २८ बजे

निर्वाचन ७२ दिन बाँकीः कस्तो अवस्थामा समानुपातिक उम्मेदवार अयोग्य हुन्छन् ?

काठमाडौं – सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त

मंगलबारका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

आज २०८२ साल पुस ८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र