सत्ता गठबन्धनको निर्णायक बैठक बालुवाटारमा जारी | Khabarhub Khabarhub

सत्ता गठबन्धनको निर्णायक बैठक बालुवाटारमा जारी


१५ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अमेरिकी सहायता परियोजना (एमसीसी) अनुमोदन गर्ने विषयमा सत्ता गठबन्धनको बैठक सुरु भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा १० बजे बस्ने भनिएको बैठक एक घण्टा ढिलो गरि सुरु भएको प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले जनाएको छ।

एमसिसीलगायत विषयमा छलफल बसेको ब‌ैठकमा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापा, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालगायत नेताहरू पनि सहभागी छन्। त्यस्तै माओवादी अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव सहभागी छन् ।

गठबन्धनको बैठकअघि प्रधानमन्त्री देउवाले पार्टी नेताहरूसँग बालुवाटारमा आन्तरिक छलफल गरेका थिए । उक्त छलफलमा उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री समेत रहेका नेता वालकृष्ण खाँण, सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्की र महामन्त्री गगन थापा लगायतका नेताहरू सहभागी रहेका थिए ।

व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने माओवादी केन्द्रको आजै बिहान बसेको बैठकले निर्णय गरेको छ । यद्यपि सो पार्टीका चार नेताले असहमति जनाएका छन् ।

नेपाली कांग्रेसले एमसीसीको पक्षमा मतदान नगर्ने भए गठबन्धन तोड्न माओवादी र एकीकृत समाजवादीलाई नैतिक दबाब दिएको थियो।यी दुवै दलले एमसीसीको विरोध गर्दै आफ्ना नेता कार्यकर्ता सडकमा उतारेका छन्।

प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्दै छ। सत्तारुढ गठबन्धन सकेसम्म आज नै एमसीसी संसदबाट अनुमोदन गर्ने पक्षमा रहेको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७८, आइतबार  ११ : १५ बजे

जिप दुर्घटनामा एक जनाको मृत्यु

दार्चुला– मार्मा गाउँपालिका–३ दानीखेतमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

लसुन रोपेर आम्दानी गर्दै पिपलाडीका किसान

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका किसान जनकलाल डगौरा धान काटेपछि

पर्यटक लोभ्याउँदै पुरन्धरा झरना

दाङ– पश्चिम दाङको बबई गाउँपालिका–५ मा अवस्थित पुरन्धरा झरना जिल्लाकै

ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

बागमती– पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–७ निर्मलबस्तिमा ट्रकको ठक्करबाट आज

मार्फा–छैरो–चिमाङ सडक स्तरोन्नति गरिने

मुस्ताङ– घरपझोङ गाउँपालिकाअन्तर्गतको मार्फा–छैरो–चिमाङ सडक स्तरोन्नति गरिने भएको छ ।