साताको दोस्रो दिन शेयर बजार दोहोरो अंकले ओरालो « Khabarhub

साताको दोस्रो दिन शेयर बजार दोहोरो अंकले ओरालो


२० जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साताको दोस्रो दिन सोमबार पनि शेयर बजार दोहोरो अंकले आरोला लागेको छ । आइतबार नेप्से मापन गर्ने सूचक १३.७९ अंकले घटेको थियो ।

सोमबार पनि नेप्से मापन गर्ने सूचक १२.८४ अंकले घटेर १२९२.८४ बिन्दुमा कायम भएको छ । त्यससँगै सेन्सेटिभ परिसूचक २.६४ अंकले घटेर २७५.४८ बिन्दुमा रोकिएको छ । १७१ कम्पनीको २१ लाख ७६ हजार ३७० कित्ता सेयर ६९ करोड ८७ लाख ३९ हजार ७०६ रुपैयाँमा किनबेच भएको छ ।

सोमबारको १२ समूहको कारोबारमा सबैमा गिरावट आएको छ । उपसमूहमा सबैभन्दा बढी निर्जीबन बीमा ६७.६४, उत्पादन तथा प्रशोधन ५४.७८, जीवन बीमा ५४.७३ तथा बैंकिङ समूहको उपसूचक ११.०७ अंकले घटेको छ ।

कारोबार रकमको आधारमा सबै भन्दा बढी (९ करोड ६ लाख रुपैयाँ) एनआईसि एसिया बैंकले कारोबार गरेका छ । कारोबारमा तारागाँउ रिजेन्सी होटल, गुँरास लघुवित्त वित्तीय संस्था, कन्काई विकास बैंक, रिलायन्स फाइनान्सका लगानीकर्ताले कमाएका छन् भने पाँचथर पावर कम्पनी, कर्पोरेट डेभलपमेन्ट बैंक, वल्र्डमर्चेन्ट बैंकिङ एण्ड फाइनान्स, माउन्टेन हाइड्रो नेपालका लगानीकर्ताहरुले गुमाएका छन् ।

प्रकाशित मिति : २० जेठ २०७६, सोमबार  ४ : ४८ बजे

लुम्बिनी र चितवन भिड्दै, कसको शक्ति कति ?

काठमाडौं – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार

अन्तर्राष्ट्रिय गाजा सुरक्षा बलमा सामेल हुन यमनलाई अमेरिकाको आग्रह

वाशिंटन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको शान्ति योजनाको एक हिस्साका

रूसी आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या २५ पुग्यो

युक्रेन – पश्चिमी युक्रेनको टेर्नोपिल शहरमा बुधबार रुसी आक्रमणमा तीन

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल मंसिर ४ गते बुधबार। मंसिर