साताको दोस्रो दिन शेयर बजार दोहोरो अंकले ओरालो « Khabarhub

साताको दोस्रो दिन शेयर बजार दोहोरो अंकले ओरालो


२० जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साताको दोस्रो दिन सोमबार पनि शेयर बजार दोहोरो अंकले आरोला लागेको छ । आइतबार नेप्से मापन गर्ने सूचक १३.७९ अंकले घटेको थियो ।

सोमबार पनि नेप्से मापन गर्ने सूचक १२.८४ अंकले घटेर १२९२.८४ बिन्दुमा कायम भएको छ । त्यससँगै सेन्सेटिभ परिसूचक २.६४ अंकले घटेर २७५.४८ बिन्दुमा रोकिएको छ । १७१ कम्पनीको २१ लाख ७६ हजार ३७० कित्ता सेयर ६९ करोड ८७ लाख ३९ हजार ७०६ रुपैयाँमा किनबेच भएको छ ।

सोमबारको १२ समूहको कारोबारमा सबैमा गिरावट आएको छ । उपसमूहमा सबैभन्दा बढी निर्जीबन बीमा ६७.६४, उत्पादन तथा प्रशोधन ५४.७८, जीवन बीमा ५४.७३ तथा बैंकिङ समूहको उपसूचक ११.०७ अंकले घटेको छ ।

कारोबार रकमको आधारमा सबै भन्दा बढी (९ करोड ६ लाख रुपैयाँ) एनआईसि एसिया बैंकले कारोबार गरेका छ । कारोबारमा तारागाँउ रिजेन्सी होटल, गुँरास लघुवित्त वित्तीय संस्था, कन्काई विकास बैंक, रिलायन्स फाइनान्सका लगानीकर्ताले कमाएका छन् भने पाँचथर पावर कम्पनी, कर्पोरेट डेभलपमेन्ट बैंक, वल्र्डमर्चेन्ट बैंकिङ एण्ड फाइनान्स, माउन्टेन हाइड्रो नेपालका लगानीकर्ताहरुले गुमाएका छन् ।

प्रकाशित मिति : २० जेठ २०७६, सोमबार  ४ : ४८ बजे

काठको मुढाले च्यापिएर बालकको मृत्यु

हुम्ला-काठको मुढाले च्यापिएर एक बालकको मृत्यु भएको छ। मुढाले च्यापिएर

संवैधानिक परिषदमा प्रधानमन्त्री र विपक्षी दलका नेताबीच भनाभन (वार्तासहित)

काठमाडौँ । बिहीबार संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीश सिफारिस गर्याे ।

लिपुलेकबारे वार्तामा बस्न भारत तयार, चीनले दिएन कुनै प्रतिक्रिया

काठमाडौं । भारतले नेपालसँगको सीमा विवाद समाधानका लागि वार्तामा बस्न

प्रधानन्यायाधीश सिफारिसबारे धारणा बनाउन बारले डाक्यो बैठक

काठमाडौं । संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा गरेको सिफारिसबारे धारणा बनाउन नेपाल

आफ्नो कारणले बदमान रामकृष्णलाई रविले यसरी लगाए मस्का

काठमाडौं – फिल्म निर्माता बनेका गायक रामकृष्ण ढकाल राष्ट्रिय स्वतन्त्र