लिङदेनले भने– एमसीसीका एक–एक दफामा छलफल हुनुपर्छ, जबरजस्ती पारित नगरियोस् « Khabarhub

लिङदेनले भने– एमसीसीका एक–एक दफामा छलफल हुनुपर्छ, जबरजस्ती पारित नगरियोस्


१५ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले जबरजस्ती एमसीसी पारित नगर्न सरकारसँग आग्रह गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठक एमसीसी सम्झौतासम्बन्धी प्रस्तावमाथि भएको सैद्धान्तिक छलफलमा भाग लिँदै अध्यक्ष लिङदेनले कोलाहलको वातावरण जबरजस्ती एमसीसी पास गर्न नहुने बताएका हुन् ।

उनले संसद्ले गर्ने हरेक निर्णय ठिक नहुन सक्ने पनि बताए ।

अध्यक्ष लिङ्देनले एमसीसीलाई निर्णयार्थ प्रस्तुत गर्नुअघि यसका एक–एक दफामा छलफल हुनुपर्ने पनि माग गरे ।

एमसीसीमाथि रहेको आशंका मेटाउन यसका हरेक दफाको बारेमा जनतालाई जानकारी दिनुपर्ने पनि बताए ।

उनले हालै युक्रेनमा देखिएको संकटको चर्चा गर्दै हतारमा कुनै निर्णय नगर्न सरकारलाई सचेतसमेत गराएका छन् ।

उनले भने ‘पाँच वर्षमा सकिने परियोजनालाई संसद्मा पेस गर्नुपर्ने कारण के हो ? यसलाई अन्तर्राष्ट्रिय सन्धि जस्तो मान्यता किन दिइएको हो ?’ जनतालाई जवाफ दिनुपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७८, आइतबार  ४ : ४५ बजे

जनता विकास खोज्दैछन्, सरकार सस्तो लोकप्रियतातिर लाग्यो : महेन्द्रबहादुर शाही

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद महेन्द्रबहादुर शाहीले सरकारको

जुम्ल्याहा शिशुको हत्या आरोपमा आमा पुर्पक्षका लागि थुनामा

एजेन्सी- अमेरिकाको इडाहो राज्यमा १८ महिनाका जुम्ल्याहा शिशुको हत्या गरेको आरोपमा

सुदूरपश्चिममा एमालेका सबै मन्त्री मुख्यमन्त्री शाहद्वारा बर्खास्त

धनगढी- सुदूरपश्चिम प्रदेश सरकारमा देखिएको राजनीतिक तनाव थप चुलिँदा मुख्यमन्त्री

संसद्‍मा विपक्षीको विरोध कायमै

काठमाडौं– प्रतिनिधिसभा बैठकमा विपक्षी दलका सांसदहरूले विरोध कायमै राखेका छन्

प्रहरी महानिरीक्षकद्वय कार्की र पौडेल स्वदेश फिर्ता

काठमाडौं– नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी बल