श्रीलंकाविरुद्ध भारतको ‘क्लिन स्वीप' | Khabarhub Khabarhub

श्रीलंकाविरुद्ध भारतको ‘क्लिन स्वीप’


१६ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भारतले श्रीलंकाविरुद्धको तीन खेलको टी-२० अन्तर्राष्ट्रिय शृंखलामा ‘क्लिन स्वीप’ गरेको छ ।आइतबार राति धर्मशालामा भएको तेस्रो तथा अन्तिम खेलमा श्रीलंकालाई ६ विकेटले हराउँदै भारतले आफ्नो प्रभाव जमाएको हो ।

१४७ रनको लक्ष्य भारतले १५ ओभर पाँच बलमा चार विकेट गुमाएर पूरा गर्‍यो । भारतका श्रेयस ऐरले सर्वाधिक ७३ रन बनाए । रविन्द्र जडेजा २२, दिपक होडाले २१, र सन्जु सामसनले १८ रनको योगदान गरे । श्रीलंकाका लाहिरु कुमाराले २ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा पाँच विकेट गुमाएर १४६ रनको योगफल तयार पार्‍याे ।

श्रीलंकाका लागि कप्तान डसुन सनकाले सर्वाधिक ७४ रन तथा दिनेश चण्डीमालले २२ र चामिका करुनारत्नेले १२ रनको योगदान गरे। भारतका आभेस खानले २ विकेट लिए ।

प्रकाशित मिति : १६ फाल्गुन २०७८, सोमबार  ७ : ११ बजे

रञ्जितालाई हटाएर बुवा लालवीरलाई नाउपाको अध्यक्ष बनाए रेशमले

काठमाडौं– नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले आफ्ना बुवा लालवीर

लागूऔषधसहित काठमाडौंबाट छ जना पक्राउ

काठमाडौं– लागूऔषधको अवैध कारोबारमा संलग्न छजना काठमाडौँका विभिन्न स्थानबाट पक्राउ

वार्षिक प्रगति समीक्षास्थलमा नै किसानले बुझाए कृषिमन्त्रीलाई ज्ञापनपत्र

लुम्बिनी– अखिल नेपाल किसान महासङ्घ, लुम्बिनी प्रदेश समितिले मुलुकको कृषि

गौतमबुद्ध र पोखरा क्षेत्रीय विमानस्थललाई राष्ट्रिय गौरवका संरचनाको रूपमा राख्नुपर्छ : उड्डयनमन्त्री

काठमाडौं– संस्कृति,पर्यटन तथा नगरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल

कोशी प्रदेशसभामा खानेपानी तथा सरसफाइ विधेयकमाथि छलफल

मोरङ– कोशी प्रदेशसभाको बिहीबारको बैठकमा ‘खानेपानी तथा सरसफाइ सम्बन्धमा व्यवस्था