सुर्खेतको वीरेन्द्रनगरस्थित एमाले पार्टी कार्यालयमा आगजनी « Khabarhub

सुर्खेतको वीरेन्द्रनगरस्थित एमाले पार्टी कार्यालयमा आगजनी

काँग्रेस र माओवादीको पार्टी कार्यालयमा तोडफोड


१६ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– सुर्खेतमा एमसीसीको विरोधमा उत्रिएका ८ दलसम्बद्ध प्रदर्शनकारीले नेकपा एमालेको कार्यालयमा आगजनी गरेका छन् ।

सोमबार साँझ एमाले पार्टी कार्यालयमा तोडफोड र आगजनी भएको छ । एमसीसी सम्झौता अनुमोदनको विरोधमा नेपाल बन्दको आह्वान गरेका ८ दलले गरेको बन्दका क्रममा सुर्खेतमा आगजनी र तोडफोड भएको हो ।

वीरेन्द्रनगर नगरपालिका–६ मा रहेको एमाले जिल्ला कार्यालयमा बन्दकर्ताले आगजनी गरेका हुन् ।

त्यस्तै उनीहरूले नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको पार्टी कार्यालयमा पनि तोडफोड गरेका छन् ।

तनाव बढेपछि वीरेन्द्रनगरमा आज बेलुकी सवा ८ बजेदेखि मंगलबार साँझ ७ बजेसम्मका लागि कर्फ्यु लगाइएको छ ।

 

प्रकाशित मिति : १६ फाल्गुन २०७८, सोमबार  ९ : ४३ बजे

सरकार र नागरिक बचाउ अभियानका टोलीबीचको वार्ता सकारात्मक

काठमाडौं- सरकारद्वारा गठित वार्ता समिति र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति

काठमाडौँमा ५५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ

काठमाडौँ- नेपाल प्रहरीले ५५ किलोग्राम लागुऔषध गाँजासहित भारतीय नागरिकलाई पक्राउ

जब बिरामी नाति डोहोर्‍याउँदै सिंहदबार छिरे जयलाल…

काठमाडौँ- एक हातमा कागजपत्र अर्को हातमा नाति। मलिन अनुहारले नै

पुस १२ गतेभित्र राष्ट्रियसभा बैठक बोलाउँछौँ : नारायणप्रसाद दाहाल

काठमाडौं- राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले पुसको दोस्रो साता राष्ट्रियसभा बैठक

एमालेका नेताहरू भन्छन् : यसपटक कसैको पद सुरक्षित छैन

काठमाडौँ- पार्टी ११औँ महाधिवेशनमा होमिएका नेकपा एमालेकै नेताहरूले कसैको पद