रुसी आक्रमणबाट बच्न ६ लाख ६० हजार युक्रेनीले देश छाडे « Khabarhub

रुसी आक्रमणबाट बच्न ६ लाख ६० हजार युक्रेनीले देश छाडे


१७ फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– युक्रेनमा जारी रुसी आक्रमणबाट बच्न ६ लाख ६० हजारभन्दा बढी नागरिकले देश छाडेका छन् ।

संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायुक्तको कार्यालय यूएनएचसीआरकी प्रवक्ता साबिया मन्टूले रुसी आक्रमण सुरु भएयता महिला बालबालिकासहित ६ लाख ६० हजार युक्रेनीले देश छाडेर छिमेकी मुलुकमा शरण लिएको जानकारी दिएकी हुन् ।

उनका अनुसार पोल्याण्डसँगको सीमामा मानिसहरूको भीड लागेको र पोल्याण्ड प्रवेश गर्न शरणार्थीहरूले ६० घण्टासम्म कुर्नु परिरहेको छ । रोमानिया–युक्रेन सीमा क्षेत्रमा पनि शरणार्थीको २० किलोमिटरभन्दा लामो लाइन लागेको छ ।

रुसले युक्रेनमाथि आक्रमण गरेपछि युरोपमा पुनः आप्रवासी र शरणार्थी संकट आउन सक्ने चिन्ता कायम रहेका बेला संयुक्त राष्ट्रसंघ शरणार्थी उच्चायुक्तको कार्यालयको यस्तो भनाइ आएको हो ।

प्रकाशित मिति : १७ फाल्गुन २०७८, मंगलबार  ५ : ४७ बजे

सर्वपक्षीय सरकार गठनका लागि विप्लवको दवाव

काठमाडौं– नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लवले राजनीतिक दलको

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर