युक्रेनबाट २ सय ९८ नेपाली बाहिरिए « Khabarhub

युक्रेनबाट २ सय ९८ नेपाली बाहिरिए

२ सय ३२ जना पोल्याण्ड, ३९ जना स्लोभाकिया, २३ जना रोमानिया र ४ जना हंगेरी पुगे: जर्मनीस्थित नेपाली दूतावास


१७ फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– रुसी आक्रमणको सामना गरिरहेको युक्रेनबाट २ सय ९८ नेपाली नागरिक बाहिरिएका छन् ।

जर्मनीस्थित नेपाली दूतावासका अनुसार युक्रेनको पूर्वमा रहेको खार्किभ शहरमा फसेका तीन नेपाली पनि सुरक्षित साथ बाहिरिएका छन् ।

युक्रेनबाट बाहिरिएकामध्ये अधिकांश पोल्याण्ड छिरेका छन् । राजदूतावासका अनुसार २९८ जनामध्ये २ सय ३२ जना पोल्याण्ड, ३९ जना स्लोभाकिया, २३ जना रोमानिया र ४ जना हंगेरी पुगेका छन् ।

खार्किभमा अझै एक नेपाली विद्यार्थी भारतीय विद्यार्थीहरूसँग रहेको र भारतीय विद्यार्थीहरूसँगै उनको पनि उद्धार गर्ने तयारी भइरहेको जनाइएको छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७८, मंगलबार  ६ : १० बजे

रुसी राष्ट्रपति पुटिन भारतमा, स्वागत गर्न विमानस्थल पुगे मोदी

नयाँ दिल्ली – रुसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भारत

हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु

सप्तरी – कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रबाट निस्केको जङ्गली हात्तीको आक्रमणबाट

रास्वपाले माग्यो समानुपातिक उम्मेदवार

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी फागुन २१ गते हुने

मधेश सरकार गठनबारे अझै जुटेन सहमति

धनुषा- मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि भएको सात दलको

मधेसमा नयाँ सरकार गठन गर्न सहमति जुटेन

धनुषा – मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि भएको सात