कडा रोग लागेका स्वास्थ्य स्वयंसेविकालाई राहत | Khabarhub Khabarhub

कडा रोग लागेका स्वास्थ्य स्वयंसेविकालाई राहत


१८ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ – खोटाङमा प्रदेश महिला स्वास्थ्य स्वयंसेविका कोषको व्याजबाट कडा रोगबाट ग्रसित भएका महिला स्वास्थ्य स्वयंसेविकालाई राहत स्वरुप प्रदान गर्ने निर्णय गरिएको छ ।

स्वास्थ्य कार्यालय अन्तरगत प्रदेश महिला स्वास्थ्य स्वयंसेविका कोषमा रहेको ५२ लाखको बीउ पुँजीबाट तीन वर्षमा जम्मा भएको ८ लाखबढी रकमलाई मुटु, मिर्गौला, क्यान्सर, अल्जाइमर, पार्किन्सन्स, हेड इन्जुरी, स्पाइनल इन्जुरी लगायतका कडा रोग लागेका महिला स्वास्थ्य स्वयंसेविकाको उपचारका लागि राहत स्वरुप प्रदान गर्ने निर्णय गरिएको हो ।

प्रदेश महिला स्वास्थ्य स्वयंसेविका कोष सञ्चालन व्यवस्थापन समितिका संयोजक एवं जिल्ला समन्वय समितिका प्रमुख बबी चाम्लिङको अध्यक्षतामा बसेको बैठकले कोषबाट जम्मा भएको व्याजलाई कडा रोग लागेका महिला स्वास्थ्य स्वयंसेविकालाई राहत स्वरुप जनही ५० हजारका दरले सहयोग उपलव्ध गराउने निर्णय गरेको हो । कडा रोग लागेको सम्वन्धी कागजात पेश गरेपछि तोकिएको भुक्तानी उपलव्ध गराइने प्रदेश महिला स्वास्थ्य स्वयंसेविका कोष सञ्चालन व्यवस्थापन समितिका संयोजक एवं जिल्ला समन्वय समितिका प्रमुख चाम्लिङले बताए ।

यस्तै, ६० वर्ष उमेर भएपछि स्वेच्छिक अवकाश लिन चाहने महिला स्वास्थ्य स्वयंसेविकाको सम्मानजनक बिदाइका लागि जनही २० हजार प्रोत्साहन रकम प्रदान गर्ने निर्णय गरिएको छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०७८, बुधबार  ६ : २५ बजे

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले

‘कांग्रेसमा अनुशासनको कारबाही खोटपूर्ण र दोहोरो मापदण्डमा आधारित’ 

काठमाडौं– नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले कांग्रेसको केन्द्रीय अनुशासन समितिले

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ