वडाध्यक्ष माझी अर्काकी श्रीमतीसँग रङ्गेहात भेटिएपछि... | Khabarhub Khabarhub

वडाध्यक्ष माझी अर्काकी श्रीमतीसँग रङ्गेहात भेटिएपछि…


२१ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रामेछाप– रामेछापको मन्थली नगरपालिका ६ भलुवाजोरका वडा अध्यक्ष गोपालवहादुर माझी अर्काकी श्रीमतीसंग कोठामा भेटिएपछि उनलाई पक्राउ गरी प्रहरीलाई बुझाइएको छ ।

माझी तत्कालीन नेकपा एमालेबाट निर्वाचित भएका हुन्। भक्तपुरको चारादोवाटोबाट माझी र भलुवाजोर कुभिण्डेकै एक विवाहित महिलाले आफूहरु श्रीमान श्रीमती भएको भन्दै गएको मंसिरदेखि कोठा लिएर बसेको सुइँको पाएपछि माझीकी श्रीमती कृष्णमाया र महिलाका श्रीमान् कविराज श्रेष्ठ मिलेर दुवैलाई आइतबार राति साढे ११ बजे कोठाबाट पक्राउ गरेका हुन् ।

पक्राउ परेका दुवै महानगरीय प्रहरी प्रभाग ठिमीको हिरासतमा रहेको प्रहरी नायव निरीक्षक त्रिविक्रम कोइरालाले जानकारी दिए । कुभिण्डेका कविराज श्रेष्ठ बैदेशिक रोजगारीका लागि दुबईमा थिए । उनले श्रीमतीको बारेमा गाईगुई सुनेका थिए । २० दिनअघि काठमाण्डौं फर्केका उनले श्रीमतीलाई सम्पर्क गर्न खोजे तर सम्पर्क भएन ।

उता केहि बर्षदेखि घरबाट निकालिएकी माझीकी श्रीमती कृष्णमायाले समेत श्रीमानको खोजी गरिरहेकी थिईन् । काठमाडौंमा एउटा सुरक्षा कम्पनीमा काम गर्दै आएकी कृष्णमायाको भेट कविराजसंग भयो । दुवै मिलेर खोज्न थाले ।

भक्तपुरको चारदोबाटोमा कोठा रहेको र दुवै श्रीमान श्रीमती भएर बसेको जानकारी पाएपछि खोज्दै उनीहरु कोठासम्म पुग्न सफल भएका थिए । कोठामा उनीहरुले श्रीमान् श्रीमतीको रुपमा बसेको प्रमाणका लागि केहि तस्विरहरु बनाएर राखेका रहेछन् ।

प्रकाशित मिति : २१ जेठ २०७६, मंगलबार  ६ : १५ बजे

मार्चे लेकमा याक र चौँरीको रगत पिउने मेला सुरु

मुस्ताङ – मुस्ताङ थासाङ गाउँपालिका स्थित थाक सातसय क्षेत्रको सामुहिक

साइबर अपराध मुद्दामा दुर्गा प्रसाईंलाई सफाइ

काठमाडौं- राजावादी आन्दोलनका क्रममा दुईजनाको ज्यान जाने गरि गत चैत

नीलडामसहितको अनुहार सार्वजनिक गर्दै विष्णुलक्षित एलिनाको टिप्पणी– म चुप लाग्दिनँ

काठमाडौं – पूर्वपति विष्णु सापकोटाले सम्बन्धबिच्छेदबारे रक्षात्मक धारणा सार्वजनिक गरेपछि

एमालेको विधान : पुच्छरले कुकुर हल्लायो !

काठमाडौं– कम्युनिष्टहरुले मान्दै आएको संगठनात्मक सिद्धान्तले भन्छ – महाधिवेशनले गरेको