सत्ता गठबन्धनको बैठक : एमसीसी संसद्‌बाट अनुमोदन भएकोमा स्वागत, प्रधानमन्त्रीलाई धन्यवाद « Khabarhub

सत्ता गठबन्धनको बैठक : एमसीसी संसद्‌बाट अनुमोदन भएकोमा स्वागत, प्रधानमन्त्रीलाई धन्यवाद


१९ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सत्तारुढ गठबन्धनले अमेरिकी सहयोग परियोजना (एमसीसी) प्रतिनिधि सभाबाट अनुमोदन भएकोमा स्वागत गरेको छ।

आज (बिहीबार) बिहान बसेको चार दलीय गठबन्धनको बैठकले एमसीसी पास गराउन सफल भएकोमा प्रधानमन्त्री शेरबहादुर देउवालाई धन्यवाद दिएको बालुवाटार स्रोतले बताएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका माधवकुमार नेपाल, जसपाका उपेन्द्र यादव र डा. बाबुराम भट्टराई सहभागी थिए। एमसीसी अनुमोदन भएको चार दिनपछि चार दलका शीर्ष नेताहरू बैठकमा बसेका हुन्।

एमसीसीलाई अनुमोदन गर्न नहुने पक्षमा रहेका मा‍‌‌ओवादी र एकीकृत समाजवादीसमेत गठबन्धन जोगाउन भन्दै एमसीसीको पक्षमा उभिएपछि स‌ंसदबाट अनुमोदन भएको थियो । लगत्तै राष्ट्रिय जनमोर्चा गठबन्धनबाट बाहिरिएको थियो।

बैठकमा आगामी स्थानीय तहको निर्वाचन र गठबन्धनको आगामी रणनीतिका विषयमा पनि छलफल भएको बालुवाटार स्रोतले बताएको छ। गठबन्धनलाई आगामी निर्वाचनसम्म निरन्तरता दिनुपर्नेमा कतिपय नेताहरूको जोड छ।

प्रकाशित मिति : १९ फाल्गुन २०७८, बिहीबार  १ : १० बजे

प्रदेशलाई आत्मनिर्भर बनाउन सरकार दृढ छ : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशलाई आत्मनिर्भर, प्रभावकारी र

झापामा ‘टुरिस्ट’बाट ‘ज्वाइँ’ उम्मेदवार बालेन, रवि बिरामी हुँदा एक्लै देश दौडाहा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह फागुन २१

सुनसान बस्तीमा चहलपहल, म्याग्दीमा बढ्यो चुनावी सरगर्मी

गलेश्वर– प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति ३० दिन मात्र बाँकी रहँदा

क्यान्सर दिवसमा सिएमसीमा निःशुल्क बहिरङ्ग सेवा

चितवन– विश्व क्यान्सर दिवसका अवसरमा चितवन मेडिकल कलेज (सिएमसी)को भगिनी

दरखोलामा मोटरेबल पुल निर्माण

म्याग्दी– म्याग्दीको धवलागिरी गाउँपालिका–२ लमसुङ स्थित दरखोलामा मोटरेबल पुल निर्माण