चितवनको मेघौलीमा रैथाने खाना महोत्सवको आयोजना | Khabarhub Khabarhub

चितवनको मेघौलीमा रैथाने खाना महोत्सवको आयोजना


११ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

चितवन– भरतपुर महानगरपालिकाले भ्रमण वर्ष २०२४ को अवसरमा राष्ट्रिय रैथाने खाना महोत्सव आयोजना गर्ने भएको छ ।

जानकी माध्यमिक विद्यालय मेघौलीमा भोलिदेखि पुस १६ गतेसम्म आयोजना गर्न लागिएको महोत्सवमा ५० वटा स्थानीय खानाका स्टलहरू रहने संयोजक मायाराम चौधरीले जानकारी दिए ।

महोत्सवमा स्थानीय थारु, कुमाल, दराई, मगर, गुरुङ, बोटे, मुसहर समुदायसहितका खानाका परिकार राखिने छन् ।  स्थानीय समुदायको जीवनस्तरमा सुधार ल्याउन महोत्सव फलदायी हुने आयोजकको विश्वास छ । महोत्सवमा एक लाखभन्दा बढी पर्यटकले सहभागिता जनाउने अनुमान गरिएको छ ।

महोत्सवमा स्थानीय खानासँगै ७७ जिल्लाको प्रतिनिधित्व गर्दै ७७ मिटर लम्बाइको नेपालको नक्सा विशेष आकर्षकका रूपमा रहनेछ । महोत्सव अवधिमा विभिन्न स्थानीय र राष्ट्रिय कलाकारहरूको प्रस्तुति पनि रहनेछ ।

मेघौली पश्चिम चितवनको पर्यटकीय गन्तव्य हो । नारायणी र राप्ती नदी किनारमा पर्ने यो ठाउँ सूर्यास्त हेर्नका लागि उपयुक्त गन्तव्य मानिन्छ । पछिल्लो समय निकुञ्जको पश्चिमी क्षेत्रमा वन्यजन्तुको सङ्ख्या बाक्लिँदै जाँदा पर्यटकहरू आकर्षित हुने गरेका छन् ।

भरतपुर महानगर प्रमुख रेनु दाहालले भ्रमण वर्षको समयमा लक्ष्यभन्दा बढी पर्यटक महानगरमा भित्रिएको बताइन् । उनले महानगरपालिकाभित्र एक वर्षमा बाह्य पर्यटक दुई लाख र आन्तरिक १० लाख पर्यटकले यहाँ भ्रमण गरेको बताइन् ।

महानगर उपप्रमुख चित्रसेन अधिकारीले महानगरपालिकाको विकाससँगै जनतालाई प्रत्यक्ष लाभान्वित बनाउने उद्देश्यले भ्रमण वर्षको आयोजना गरिएको र सो उद्देश्य प्राप्तिमा सफल भएको बताए । स्थानीय जनतामा खाना महोत्सवले थप ऊर्जा मिल्ने  उनको भनाइ छ ।

प्रकाशित मिति : ११ पुस २०८१, बिहीबार  ७ : ४५ बजे

कुलिङ पिरियडसम्बन्धी व्यवस्था हटाइनु संसद्को अपमान : शिवाकोटी

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले निजामती सेवा विधेयकमा

ललितपुरमा विपद्पछिको उद्धार डेमो (तस्बिरहरू)

काठमाडौं– ललितपुर महानगरपालिका वडा नं. २४ स्थित नागदहमा ‘राफ्ट ह्याण्डलिङ एन्ड

सङ्घीय निजामति विधेयकमाथि छेडखानी गर्नेलाई कारबाही हुनुपर्छ : प्रचण्ड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल

झापामा आठजना कोरोना सङ्क्रमित भेटिए 

बनियानी– झापामा कोभिडविरुद्धको १५ हजार मात्रा खोप आएको छ ।

वैदेशिक रोजगारीमा ठगी गर्नेलाई कानुनी दायरामा ल्याइने छ : मन्त्री भण्डारी

पाटन– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले कानुनी छिद्र