प्रसूति गराउने डाक्टरको टोली पुरस्कृत « Khabarhub

प्रसूति गराउने डाक्टरको टोली पुरस्कृत


२१ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर- उदयपुरको कटारी नगपालिकाको कटारी बजारस्थित कटारी अस्पतालमा शल्यक्रियासहित प्रसूतिसेवा सञ्चालनमा आएको छ । अस्पतालले आफ्नै व्यवस्थापनमा उक्त सेवा सञ्चालन गरेको हो ।

सोमबार साँझ कटारी नगरपालिका–५ बरमझियाकी २४ वर्षीया फुलकुमारी दनुवारको शल्यक्रिया गरी प्रसूति गराइएको अस्पतालका प्रमुख डा पवनकुमार साहले बताए । सुत्केरी व्यथा लागेर दुई दिनदेखि कटारी अस्पतालमा भर्ना भएकी दनुवारको डा साह, नर्स छवित्रा राई र कमल उप्रेतीको टोलीले शल्यक्रिया गरेको हो । यसअघि २५ शैययाको कटारी अस्पतालमा प्रसूतिसेवा नहुँदा यहाँका सुत्केरी जिल्ला अस्पताल गाईघाट, सिरहाको लहान र बिराटनगर जाने गरेका थिए ।

कटारी नगरपालिकाका नगरप्रमुख ज्ञानेन्द्रकुमार श्रेष्ठले लामो समयको प्रयासपछि शल्यक्रियासहित प्रसूतिसेवा उपलब्ध गराउन सफल भएको बताए ।

‘अब कटारी क्षेत्र, ओखलढुङ्गाको पूर्वी दक्षिणी क्षेत्र र सिन्धुलीको पूर्वी क्षेत्रका सुत्केरीलाई सहज भएको छ’, उनले भने । दुई वर्ष अघि कटारी अस्पतालले शल्यक्रियासहितको प्रसूतिसेवा सञ्चालन गर्न ल्याब, प्रसूति कक्षसहित विभिन्न उपकरणको व्यवस्था गरेको थियो । चिकित्सक र तालीम प्राप्त नर्सको अभावमा सेवा उपलब्ध गराउन सकिएको थिएन् ।

नगरप्रमुख श्रेष्ठले सफल रुपमा प्रसूति गराउने टोलीलाई ५० हजार रुपैयाँ पुरस्कारसमेत प्रदान गरेका छन् । जिल्ला अस्पताल गाइघाटले भने २०६७ देखि नै प्रसूतिसेवा शुरु गरेको हो ।

प्रकाशित मिति : २१ जेठ २०७६, मंगलबार  १० : १७ बजे

मुख्यमन्त्री शाहीद्वारा ‘एकल बिन्दु सेवा प्रवाह प्रणाली’ शुभारम्भ

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले ‘एकल बिन्दु सेवा

रास्वपामा पद बाँडफाँट : तोसिमालाई जनस्वास्थ्य, शिशिरलाई अन्तर्राष्ट्रिय र लिमालाई अर्थ विभागको जिम्मा

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा उपसभापतिमा हारेकी तोसिमा कार्कीलाई

मन्त्रीहरू सुनिल, प्रतिमा र सुधन रास्वपा केन्द्रीय सदस्यमा मनोनित, अरु को को ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले तीन जना मन्त्रीहरुलाई केन्द्रीय सदस्यमा मनोनित

प्रमोदलाई संगठन विभागमा तानेर जगदीशलाई रविले बनाए प्रवक्ता

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पूर्व सञ्चारमन्त्री जगदीश

 नीतिगत तथा कानुनी रुपमा सम्बोधन हुनेगरी शिक्षा संवाद कार्यक्रम भइरहेको छ : मन्त्री पोखरेल

धनगढी– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नीतिगत तथा कानुनी रुपमा सम्बोधन