विप्लवले भने– ‘एमसीसी उपनिवेश लाद्न ल्याइयो, फागुन १५ कालो दिनमा दर्ज’ « Khabarhub

विप्लवले भने– ‘एमसीसी उपनिवेश लाद्न ल्याइयो, फागुन १५ कालो दिनमा दर्ज’


२० फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले एमसीसी सम्झौता अनुमोदन भएको दिन फागुन १५ कालो दिनका रूपमा दर्ज भएको बताएका छन् ।

६ कम्युनिष्ट पार्टी र दुई मोर्चाले एमसीसीविरुद्ध शुक्रबार काठमाडौँमा गरेको विरोधसभामा महासचिव विप्लवले राष्ट्रहितविपरीत देश र जनताको भावना बेचेर सदनबाट एमसीसी सम्झौता अनुमोदन गरिएको भन्दै यो दिन कालो दिनका रूपमा दर्ज भएको बताएका हुन् ।

‘राष्ट्रभक्त जनताको विरोध भइरहँदा कथित जनप्रतिनिधिको संस्था संसदबाट एमसीसी अनुमोदन गरियो,’ उनले भने, ‘नेपाल कब्जा गर्नेगरी, जनताको भावना, देशको भावनाविपरीत १५ फागुनमा एमसीसी अनुमोदन गरियो । १ पुसजस्तै १५ फागुन पनि कालो दिनमा दर्ज भएको छ ।’

नेपालको स्रोत साधनमाथि हस्तक्षेप गर्ने रणनीतिअनुसार अमेरिकाले अनुदानको रुपमा पैसा दिएको उनको आरोप छ ।

अमेरिकाले नेपालमा रहेको कम्युनिष्ट जनमत भत्काउन र क्रान्तिकारी आन्दोलनलाई दबाब लागि परेको भन्दै उनले एमसीसी भनेको २१ औँ शताब्दीको उपनिवेश रहेको दाबी गरे ।

अनुदान सहयोगको हस्तक्षेप नीतिअनुसार आएको एमसीसी नेपालमा उपनिवेश लाद्न ल्याएको आरोप लगाएका विप्लवले अनुदान सहयोग लिन सकिए पनि एमसीसी उपनिवेशको नीति लिएर ल्याएको जिकिर गरे ।

केही व्यक्तिको मन्त्री र सांसदको पद जोगाउन माओवादी केन्द्र अध्यक्ष पुष्पकमल प्रचण्ड र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले राष्ट्रहितविपरीत रहेको एमसीसी अनुमोदनमा सहमति जनाएको उनको भनाइ छ ।

 

प्रकाशित मिति : २० फाल्गुन २०७८, शुक्रबार  ५ : १५ बजे

पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला

काठमाडौँ- गौशाला मूल सडकसँग जोडिएको पशुपति क्षेत्रको मूल मन्दिर प्रवेश

न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय हो : प्रधानन्यायाधीश राउत

काठमाडौँ– प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले न्यायपरिषद् न्यायाधीश नियुक्त गर्ने निकायमात्र नभई

भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने

दोधारा चाँदनी (कञ्चनपुर)- प्यालेस्टि नी लडाकु समूह हमासले बन्धक बनाएको

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ- नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका दुईजनालाई

केन्द्रीय सदस्य हारेका विष्टले छोडे एमाले

काठमाडौँ- नेकपा (एमाले) का नेता ठम्मर विष्टले पार्टीको सम्पूर्ण जिम्मेवारीसहित