बर्नलीमाथि चेल्सीको शानदार जित « Khabarhub

बर्नलीमाथि चेल्सीको शानदार जित


२२ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । शनिबार राति भएको इंग्लिस प्रिमियर लिग अन्तर्गतको खेलमा चेल्सीले शानदार जित निकालेको छ ।

बर्नलीमाथि चेल्सीले ४-० को जित दर्ता गरेको हो । चेल्सीको जितमा काइ हाभर्ट्जले दुई गोल गरे भने रीस जेम्स र क्रिस्चियन पुलिसिचले एक एक गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरी खेलेको बर्नलीले दोस्रो हाफमा चार गोल खाएको हो । खेलको ४७ औं मिनेटमा जेम्सले गोल गर्दै चेल्सीलाई सुरुआती अग्रता दिलाएका थिए । ५२ मिनेटमा हाभर्ट्जको गोलबाट चेल्सीले अग्रतार दोब्बर बनायो ।

त्यसको तीन मिनेटपछि व्यक्तिगत दोस्रो गोल गर्दै
हाभर्ट्जले चेल्सीलाई ३-० को अग्रतामा पुर्याए ।

थप एक गोल खेलको ६९ औं मिनेटमा पुलिसिचले गरे । यो जितसँगै चेल्सीले २६ खेलमा ५३ अंक जोडेको छ । चेल्सी तालिकाको तेस्रो स्थानमा रहेको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७८, आइतबार  ५ : ५२ बजे

सरकारको अधिकार खोस्दै सिरहाका व्यापारीले आफूखुसी बढाए ग्यासको मूल्य, प्रशासन हेरेको हेर्‍यै

सरकारले खाना पकाउने एलपी ग्यासको मूल्य निर्धारण गर्छ । नियामक

साउदीको लाल सागर तटस्थित रिफाइनरीमा आक्रमण गरेको हुथीको दाबी

साना- साउदी अरबको लालसागर तटस्थित जिजानमा रहेको तेल प्रशोधन केन्द्रमा

लामो समयदेखि पुल नबन्दा जोखिम बढ्दै

जनकपुरधाम– हुलाकी सडकअन्तर्गत जनकपुर-भिठ्ठामोड जोड्ने सडकमा पर्ने महोत्तरीको महोत्तरी गाउँपालिका-१ पर्सास्थित

महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन

बैतडी– बैतडीको झुलाघाटस्थित महाकाली भन्सार कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा एक

माडीमा २५ मेघावाटको विद्युत् लैजान निकुञ्जमा तार भूमिगत गरिँदै

चितवन– चितवन राष्ट्रिय निकुञ्जको आठ किलोमिटर क्षेत्रमा विद्युतीय तार भूमिगतको