फिल्म ‘प्रेमगञ्ज’को प्रदर्शन मिति तोकियो « Khabarhub

फिल्म ‘प्रेमगञ्ज’को प्रदर्शन मिति तोकियो


२२ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – फिल्म ‘प्रेमगञ्ज’को प्रदर्शन मिति तय गरिएको छ ।

फिल्म क्षेत्रका विभिन्न व्यक्तिको शुभकामना भिडियो सार्वजनिक गर्दै फिल्म २०७९ भदौ ३ गतेबाट प्रदर्शनमा आउने निर्माण पक्षले जानकारी दिएको छ । फिल्मका निर्देशक परिच्छेद सेन हुन् ।

निर्माण टिमले सार्वजनिक गरेको भिडियोमा नीर शाह, विकासराज आचार्य, नरेन्द्र महर्जन, छबी ओझा, दिपेन्द्र के खनाल लगायतका व्यक्तिले फिल्मलाई दिएको शुभकामनासहित प्रदर्शन मिति घोषणा गरिएको छ । निर्माण टिमले फिल्मको प्रदर्शन मिति घोषणामा केही फरक पन दिएको छ ।

यो फिल्मबाट तेज गिरीले डेब्यु गर्दैछन् । तेज पेसाले बैंकर हुन् । तेज र बेनिशाबाहेक फिल्ममा सम्पदा बानियाँ पबन भट्टराई, सुप्रिया खनाल, राइडर प्रशान्त, सिमरन खड्का आदि कलाकारको अभिनय रहेको छ ।

सुप्रिया, प्रशान्त, सिमरन अडिसनबाट छानिएका हुन् । फिल्ममा नरेश पौडेल, रश्मी भट्ट, सञ्जोग रसाइली, गीता अधिकारीको पनि अभिनय देख्न सकिन्छ।

स्पट व्यायका रुपमा लामो समय काम गरेका राजु फुयालको प्रस्तुति रहेको फिल्म चलचित्र चौतारीको ब्यानरमा बनेको हो । यस फिल्मका कार्यकारी निर्माता अनन्तमान श्रेष्ठ हुन् । सञ्जय लामाको छायांकन रहेको फिल्म डेढ करोडको लगानीमा बनेको हो ।

यसअघि भ्यालेन्टाइनको दिन पारेर निर्माण टिमले फिल्मको क्यारेक्टर पोस्टर सार्वजनिक गरेको थियो ।

प्रकाशित मिति : २२ फाल्गुन २०७८, आइतबार  १० : ४५ बजे

लियोनल मेस्सीले लिए अर्जेन्टिनाकाे राष्ट्रिय टोलीबाट संन्यास

काठमाडौं – अर्जेन्टिनाका महान् फुटबलर लियोनल मेस्सीले अर्जेन्टिना राष्ट्रिय टोलीबाट

बाढीपीडितको राहत, उद्धार र पुनर्निर्माणका लागि एमालेद्वारा समिति गठन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले रसुवाको भोटेकोशीमा आएको बाढीबाट

बुवालाई सम्झिँदै मेस्सीको भावुक पत्र, ‘अब फुटबल खेलिरहने हो कि होइन, गम्भीर शंका छ’

काठमाडौं – अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीले राष्ट्रिय टोलीबाट संन्यास

भोटेकोशी बाढी : ११ हजार ३७९ जनाको उद्धार, ३ हजार ९२५ जना अझै सम्पर्कविहीन

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा

एनआरएनए र अन्तरराष्ट्रिय समुदायसँग सहकार्य गर्ने सरकारको प्रतिबद्धता

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले विपद्को कठिन घडीमा गैरआवासीय नेपाली