फिल्म ‘प्रेमगञ्ज’को प्रदर्शन मिति तोकियो | Khabarhub Khabarhub

फिल्म ‘प्रेमगञ्ज’को प्रदर्शन मिति तोकियो


२२ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – फिल्म ‘प्रेमगञ्ज’को प्रदर्शन मिति तय गरिएको छ ।

फिल्म क्षेत्रका विभिन्न व्यक्तिको शुभकामना भिडियो सार्वजनिक गर्दै फिल्म २०७९ भदौ ३ गतेबाट प्रदर्शनमा आउने निर्माण पक्षले जानकारी दिएको छ । फिल्मका निर्देशक परिच्छेद सेन हुन् ।

निर्माण टिमले सार्वजनिक गरेको भिडियोमा नीर शाह, विकासराज आचार्य, नरेन्द्र महर्जन, छबी ओझा, दिपेन्द्र के खनाल लगायतका व्यक्तिले फिल्मलाई दिएको शुभकामनासहित प्रदर्शन मिति घोषणा गरिएको छ । निर्माण टिमले फिल्मको प्रदर्शन मिति घोषणामा केही फरक पन दिएको छ ।

यो फिल्मबाट तेज गिरीले डेब्यु गर्दैछन् । तेज पेसाले बैंकर हुन् । तेज र बेनिशाबाहेक फिल्ममा सम्पदा बानियाँ पबन भट्टराई, सुप्रिया खनाल, राइडर प्रशान्त, सिमरन खड्का आदि कलाकारको अभिनय रहेको छ ।

सुप्रिया, प्रशान्त, सिमरन अडिसनबाट छानिएका हुन् । फिल्ममा नरेश पौडेल, रश्मी भट्ट, सञ्जोग रसाइली, गीता अधिकारीको पनि अभिनय देख्न सकिन्छ।

स्पट व्यायका रुपमा लामो समय काम गरेका राजु फुयालको प्रस्तुति रहेको फिल्म चलचित्र चौतारीको ब्यानरमा बनेको हो । यस फिल्मका कार्यकारी निर्माता अनन्तमान श्रेष्ठ हुन् । सञ्जय लामाको छायांकन रहेको फिल्म डेढ करोडको लगानीमा बनेको हो ।

यसअघि भ्यालेन्टाइनको दिन पारेर निर्माण टिमले फिल्मको क्यारेक्टर पोस्टर सार्वजनिक गरेको थियो ।

प्रकाशित मिति : २२ फाल्गुन २०७८, आइतबार  १० : ४५ बजे

प्राङ्गारिक मल प्रयोग गर्ने किसानलाई सरकारले सहयोग गर्नुपर्छ : प्रवक्ता महत 

काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले प्राङ्गारिक मल प्रयोग

‘काँटा लगा’ मोडल शेफालीको अन्त्येष्टि गरियो, पोस्टमार्टम रिपोर्ट आउन बाँकी

काठमाडौं – बलिउड नायक सलमान खान र अक्षय कुमार अभिनीत

विद्या सक्रिय हुँदा मदनमाथिका आरोप किन उप्काए केपीले ?

काठमाडौँ – प्रमुख सत्तारूढ नेकपा (एमाले) मा दुईलाइन शक्ति सङ्घर्ष

विद्वान गुरुङ नेतृत्वको तरुण दल तदर्थ समिति भंग गर्न माग राख्दै पार्टी कार्यालयमा आमरण अनसन

काठमाडौं– महाधिवेशन गर्न असक्षम रहेको भन्दै तरुण दलको तदर्थ समिति

प्रतिनिधिसभा : सरकार संसद्प्रति जबाफदेही हुनुपर्छ

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले सरकार संसद्प्रति जबाफदेही हुनुपर्नेमा जोड