‘मुद्दाका कारण काष्ठमण्डपको उद्घाटन रोकियो’- शाक्य | Khabarhub Khabarhub

‘मुद्दाका कारण काष्ठमण्डपको उद्घाटन रोकियो’- शाक्य


२२ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्यले काष्ठमण्डपको उद्घाटन ‘मुद्दा’का कारण रोकिएको बताएका छन् ।

काठमाडौँको थायमदु (बाङ्गेमुढा) मा आयोजित ‘थायमदु त्वाः मुना’ कार्यक्रममा प्रमुख शाक्यले काष्ठमण्डपको पुनर्निर्माण सम्पन्न भएर उद्घाटनको मुखैमा पुग्दा अनावश्यक विवाद निकालिएको भन्दै गुनासो गरे । ‘न मसँग केही कुरा भयो, न वडाध्यक्ष अथवा उपभोक्ता समितिसँग, एकैपल्ट अदालतमा मुद्दा हालियो । सम्पदा संरक्षणको हरेक जसो पाइलामा मुद्दा मामिला गर्दै रोक्ने काम भइरहेको छ’ शाक्यले भने।

काष्ठमण्डपमा गोरखनाथको मूर्तिको विषयलाई लिएर विवाद भएको हो । ७२ सालको भूकम्पमा परी काष्ठमण्डपमा गोरखनाथको पुरानो मूर्ति क्षति भएको र खण्डित भएको मूर्ति पूजा गर्न नमिल्ने भनी नयाँ मूर्ति प्रतिस्थापन गर्न लागिएको थियो । तर ऐतिहासिक सम्पदा त्यसरी प्रतिस्थापन गर्न नहुने भन्दै हाल यो विषयमा सर्वोच्च अदालतमा रिट दायर गरिएको छ ।

बाङ्गेमुढाको त्वाःछेँ (टोल घर) को विषयमा भने शाक्यले अदालतमा विचाराधीन विषयमा सार्वजनिक रुपमा कुनै टिप्पणी गर्न नमिल्ने बताए । बाङ्गेमुढामा रहेको त्वाःछेँ टोलवासीहरूले स्थानीय नै मिलेर आर्थिक श्रोत जुटाइ आफैँ बनाएको भन्दै आएका छन् । सो भवन निर्माण सम्बन्धी आर्थिक विवरणसहितको शिलालेख पनि त्यहाँ सुरक्षित रहेको छ।

काठमाडौँ महानगरपालिका २५ वडा कार्यालयले भने उक्त भवन काठमाडौँ महानगरपालिकाकै सम्पत्ति भनी दावी गर्दै आएको छ । हाल यो विषय पनि अदालतमा विचाराधीन छ । कामपा २५ वडा कार्यालयले सोही स्थानमा आफ्नो भवन बनाउने योजना बनाएको छ ।

कार्यक्रममा अधिकारकर्मी मल्ल के. सुन्दरले स्थानीय बासिन्दाको भावना, रगत पसिना मिस्सिएको त्वाःछेँको संरक्षण पनि स्थानीय सरकारकै दायित्व भएको बताए । अन्य टोलमा महानगर आफैँले त्वाःछेँ, आखाछेँ पुनर्निर्माण, जिर्णोद्धार गरिरहेको अवस्थामा थायमदु त्वाःछेँको लागि मात्र सौतेनी व्यवहार भएको गुनासो मल्लले गरे ।

वडा भवनको लागि विकल्प आफैँले उपलब्ध गराउँदा पनि विकल्पमा बेवास्ता गर्दै वडाले त्वाःछेँ नै किन हडप्न खोजेको भन्दै मल्ले प्रश्न गरे । ‘वडा भवनको सेवाग्राही हामी नै हौं, यहाँ वडा भवन बन्ने विषयमा हामी खुसी नै छौं । तर वडालाई यहि त्वाःछेँ किन चाहिएको हो, हामीले बुझ्न सकेनौं’ मल्लको भनाई थियो ।

सोही भवनबाट नेपालभाषा मंकाः खलः, नेपाल आदिवासी जनजाति महासंघको कार्यालय पनि संचालन भइसकेको छ भने सहिद शुक्र क्लब पनि यसै भवनमा रहेको छ । विगतमा त्वाःछेँको पुनर्निर्माणको लागि सहिद शुक्र क्लबमार्फत काठमाडौँ महानगरले नै आर्थिक सहयोग उपलब्ध गराउन लागेको थियो । भवन विवादको विषय अदालत पुगेपछि भने यो प्रक्रिया रोकिएको त्वाःछेँ समितिका उपाध्यक्ष राजेश प्रसाद श्रेष्ठले जानकारी गराए।

सोही कार्यक्रममा महानगर प्रमुख शाक्यले मल्लद्वारा लिखित बाङ्गेमुढा टोलको ऐतिहासिक, सांस्कृतिक पक्षको जानकारीमूलक पुस्तक ‘थायमदु त्वाः छपुलु’ को विमोचनसमेत गरेका थिए। कार्यक्रममा पुस्तक सम्बन्धी प्रा. नर्मदेश्वर प्रधान र आशा सफुकुथिका पुस्तकालय अध्यक्ष साथै नेपालभाषा केन्द्रीय विभागका शिक्षण सहायक शरद कसाःले समीक्षात्मक टिप्पणी गरेका थिए ।

त्वाःछेँ समितिका अध्यक्ष प्रा.डा. रमेश श्रेष्ठ, कोषाध्यक्ष रिजेन्द्र राजभण्डारीले बाङ्गमुढा टोलका धार्मिक, सांस्कृतिक पक्षको साथै त्वाःछेँ समितिको गतिविधिहरुको बारेमा प्रकाश पारेका थिए । कार्यक्रममा कन्या मन्दिर उच्च माध्यामिक विद्यालयका विद्यार्थीहरुको नृत्यको साथै जनगायक भृगुराम श्रेष्ठ र गायक पवित्र कसाःको सांगीतिक प्रस्तुतिसमेत रहेको थियो ।

प्रकाशित मिति : २२ फाल्गुन २०७८, आइतबार  १२ : ०४ बजे

आजका समाचार : कुलमानलाई ऊर्जामन्त्रीले सोधे स्पष्टीकरण, भक्तपुरमा फूलपाती भित्र्याइयो र गौशालाको धर्मशालामा महानगरको बोर्ड

प्रधानमन्त्री उद्धार कोषमा साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा ६० लाख हस्तान्तरण प्रधानमन्त्री

भक्तपुरमा आज घरघरमा फूलपाती भित्र्याइयो

भक्तपुर – भक्तपुरका नेवाः समुदायले आज फूलपाती भित्र्याएका छन् ।

पर्वतारोहीको शव ल्याउन समस्या

म्याग्दी – धौलागिरि हिमाल आरोहणका क्रममा ज्यान गुमाएका रुसका पाँच

प्रधानमन्त्री ओली र सभापति देउवाले गरे ‘होलिडे इन रिसोर्ट’ को उद्‌घाटन

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री एवं नेपाली

दशैं बिदामा पनि प्रेस काउन्सिलले मिडियाको नियमन गर्ने

काठमाडौं– प्रेस काउन्सिल नेपालले दशैंको बिदामा समेत मिडियाको नियमनलाई निरन्तर