स्वास्थ्य मन्त्रालयले भन्यो- ‘निसन्तान दम्पतीका लागि सेवा दिन सरकारसँग अनुमति लिनू’ « Khabarhub

स्वास्थ्य मन्त्रालयले भन्यो- ‘निसन्तान दम्पतीका लागि सेवा दिन सरकारसँग अनुमति लिनू’


२२ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निसन्तान दम्पतीका लागि सेवा प्रदान गर्दै आइरहेका आईभीएफ सेन्टरहरुलाई आफूसँग स्वीकृति लिएर मात्रै सेवा सञ्चालन गर्न निर्देशन दिएको छ ।

मन्त्रालयले  सूचना जारी गर्दै अहिलेसम्म अनुमति नलिई निसन्तान उपचार सम्बन्धी सेवा दिने टेस्ट ट्युब बेबी (आईभीएफ सेन्टर)हरुलाई १५ दिन भित्र निवेदन दिन भनेको छ ।

अहिले देशमा २३ भन्दा बढी आइभीएफ सेन्टर सञ्चालनमा छन् । तीमध्ये अहिलेसम्म दुई तीन वटाले मात्रै मन्त्रालयबाट अनुमति लिएका छन् ।

जनस्वास्थ्य सेवा नियमावली २०७७ को नियम १२ बमोजिम निजी, गैरसरकारी, सहकारी वा गैर नाफामुलक सामुदायिक स्वास्थ्य संस्था सञ्चालनका लागि सो नियमावलीको अनुसूची-९ बमोजिमका निकायबाट अनुमति लिनुपर्ने प्रावधान छ। सूचनामा भनिएको छ, ‘टेस्ट ट्युब बेबी सेन्टर सञ्चालन गर्न मन्त्रालयबाट इजाजत लिनुपर्छ।’

मन्त्रालयले अन्य निकायबाट अनुमति लिई वा नलिई सञ्चालनमा रहेका त्यस्ता सेन्टरहरुले सूचना प्रथमपटक प्रकाशित भएको मितिले १५ दिनभित्र मन्त्रालयमा निवेदन दिनुपर्ने उल्लेख गरेको छ ।

स्वास्थ्य मन्त्रालयको मन्त्रालयको गुणस्तर मापन तथा अनुगमन महाशाखाका अनुसार सरकारी तर्फ परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल र निजी तर्फ नर्भिक अस्पताल मात्र नियमावली अनुसार अनुमति लिएर सञ्चालनमा छन्।

तोकिएको समयभित्र दर्ता प्रक्रियामा नआए कानुन बमोजिम कारबाही गरिने मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : २२ फाल्गुन २०७८, आइतबार  १२ : १३ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना