किसानलाई अनुदानमा आलुको बीउ  « Khabarhub

किसानलाई अनुदानमा आलुको बीउ 


२२ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रसुवा- रसुवाको उत्तरगया गाउँपालिकाले किसानलाई आलुको बीउ उपलब्ध गराउन सुरु गरेको छ । आलुखेतीलाई व्यवसायीक बनाएर जीवन निर्वाहमा सघाउ पुर्‍याउन गाउँपालिकाले किसानलाई आलुको बीउ उपलब्ध गराउन सुरु गरेको हो । 

गाउँपालिकाले ५० प्रतिशत अनुदानमा गाउँपालिकाको तिरु, गोगने, करुम्राङ, सुरुचेतका किसानलाई आलुको बीउ वितरण गर्न सुरु गरेको छ । गाउँपालिका -१ का वडाध्यक्ष उपेन्द्र लम्सालले शनिबार ७० जना किसानलाई आलुको बीउ वितरण गरे । प्रति किसानलाई २५ किलोको दरले आलुको बीउ वितरण गरिएको उनले बताए । 

वडा नम्बर १ कै करुमर्याङ, सिरुचेत, काम्लुङका किसानलाई पनि आलुको बीउ वितरण गर्ने तयारी रहेको उनले बताए । सोमबारसम्ममा सबै किसानलाई बीउ वितरण गर्ने तयारी छ । 

चालु आर्थिक वर्ष ०७८-७९ मा वडा नम्बर १ का ४ सय २० किसानलाई बीउ उपलब्ध गराउने लक्ष्य छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७८, आइतबार  २ : ०५ बजे

उपसभामुख ठाकुर रोपाइँमा सहभागी

धनुषा – राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवका अवसरमा उपसभामुख

देशभर ६२.६८ प्रतिशत क्षेत्रमा मात्र सिँचाइ सुविधा

ललितपुर – देशभर पर्याप्त वर्षा नहुँदा किसानले रोपाइँका बेला सिँचाइ

ब्राजिललाई चुनौती दिन जापान तयार, इतिहास बदल्ने लक्ष्य

काठमाडौं – विश्व फुटबलको महाशक्ति ब्राजिलसँगको नकआउट भिडन्तअघि जापानले आफू

चितवन र मकवानपुरका उत्कृष्ट २१ जना किसान पुरस्कृत

भरतपुर – चितवन र मकवानपुरका उत्कृष्ट २१ जना किसान पुरस्कृत

बजेट निर्माणमा सुधार, ढिला गर्ने स्थानीय तहको संख्या घट्यो

काठमाडौं – स्थानीय तहको बजेट निर्माण प्रक्रियालाई प्रभावकारी बनाउन भूमि