संसद अवरोध छोडेर एमाले संसदीय प्रक्रियामा आउने दाबी : कानुन मन्त्री बडु | Khabarhub Khabarhub

संसद अवरोध छोडेर एमाले संसदीय प्रक्रियामा आउने दाबी : कानुन मन्त्री बडु


२२ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कानुन मन्त्री दिलेन्द्रप्रसाद बडुले संसद अवरोध छोडेर एमाले संसदीय प्रक्रियामा आउने दाबी गरेका छन्।

आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मिसँग कुरा गर्दै मन्त्री बडुले महाभियोग समितिमा सदस्य पठाएर एमालेले संसदीय प्रक्रिया स्वीकारेको भन्दै संसद अवरोध पनि हट्ने दाबी गरेका हुन्।

त्यस्तै उनले एमालेले लामो समयदेखि संसद अवरोध गरिरहँदा यसको संसदको औचित्यमाथि जनताबाट प्रश्न उठ्ने अवस्था बनेकाले अर्ली इलेक्सनको कुरा उठेको जिकिर गरे।

एमाले संसदीय प्रक्रियामा आयो भने संसद पूर्णकालसम्म नै चल्ने उनको भनाई छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७८, आइतबार  ६ : १६ बजे

यी भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज धान दिवस र दही चिउरा खाने पर्व

काठमाडौं – प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस

इरानले गर्‍यो सैन्य अधिकारी र आणविक वैज्ञानिकको सामूहिक अन्त्येष्टि

तेहरान – इरानले इजरायलसँगको १२ दिने युद्धको क्रममा मारिएका ६०

आइतबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय

प्रधानमन्त्री ओली र तान्जानियाका उपराष्ट्रपति फिलिपबीच भेटवार्ता

दोहा (कतार) – प्रधानमन्त्री केपी शर्मा ओली र तान्जानियाका उपराष्ट्रपति