राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेश | Khabarhub Khabarhub

राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेश


२२ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्री शेरबहादुर देउवाले राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनसम्बन्धी वार्षिक प्रतिवेदन पेश गरेका छन्  ।

प्रधानमन्त्री देउवाले आज नेपालको संविधानको धारा ५३ बमोजिम राष्ट्रपतिको कार्यालय राष्ट्रपति भण्डारी समक्ष आर्थिक वर्ष २०७७/७८ को सो प्रतिवेदन पेश गर्नुभएको हो ।

उनले आजै सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४१ बमोजिम आव २०७७/७८ मा नेपाल सरकारले गरेका काम र प्राप्त उपलब्धिसहितको वार्षिक प्रतिवेदन पनि पेश गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष देउवाले नेपालको संविधानको धारा २६६ को उपधारा (३) बमोजिम राष्ट्रिय सुरक्षा परिषद्को आव २०७७/७८ को वार्षिक प्रतिवेदन पेश गर्नुभएको राष्ट्रपतिको कार्यालय प्रवक्ता सागर आचार्यद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

सो अवसरमा गृहमन्त्री बालकृष्ण खाँण, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति थियो ।

 

प्रकाशित मिति : २२ फाल्गुन २०७८, आइतबार  ७ : ०५ बजे

परनिर्भरताको अन्त्यका लागि किसानलाई न्याय गर्नुपर्छ : प्रचण्ड

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

देशलाई खाद्यान्नमा आत्मनिर्भर हुनेगरी काम गर्नुपर्छ : सभामुख घिमिरे

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले कृषिलाई आधुनिक, व्यावसायिक र आकर्षक

टेस्ट क्रिकेटमा अफ्रिकी ब्याट्सम्यान प्रोस्टिरियसको दुर्लभ कीर्तिमान

काठमाडौं – विश्व च्याम्पियन दक्षिण अफ्रिकाका लुँगे डे प्रोस्टिरियसले दुर्लभ

प्रतिनिधिसभाबाट निजामती विधेयक पारित गरिँदै

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

यी भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल