कार्यसम्पादनमा चित्त नबुझेको भन्दै दुई प्रहरी सेवाबाट निस्कासन « Khabarhub

कार्यसम्पादनमा चित्त नबुझेको भन्दै दुई प्रहरी सेवाबाट निस्कासन


२३ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ – खोटाङको ऐसेलुखर्क गाउँपालिकाले कार्यसम्पादनमा चित्त नबुझेको भन्दै दुई गाउँ प्रहरीलाई सेवाबाट निकालेको छ ।

तीन जना गाउँ प्रहरीमा भर्ना गरिएकामा हाल एक जना गाउँ प्रहरी मात्र कार्यरत रहेको गाउँपालिका अध्यक्ष विश्वनाथ निरौलाले बताए । ऐसेलखर्क गाउँपालिकाले २०७६ साल फागुन १४ तीन जना गाउँ प्रहरी भर्ना गरेको थियो । गाउँ प्रहरीलाई कार्यालय सहयोगी स्वसरह सेवा सुविधा पाउनेगरी भर्ना गरिएको थियो ।

रिक्त दरबन्दीमा गाउँ प्रहरी भर्नाका लागि विज्ञापन खुलाउने तयारी गरिए पनि चुनावको मुखमा नकारात्मक आक्षेप आउने भएकाले भर्ना रोकिएको गाउँपालिका अध्यक्ष निरौलाले बताए । गाउँपालिकाले चार जना गाउँ प्रहरीको दरबन्दी सिर्जना गरेको छ ।

गाउँ प्रहरीले हाल कार्यालयमा हुने भिडभाड नियन्त्रण गर्ने, ऐसेलुखर्क बजारमा सडक पेटीमा सामान राखेर बिक्री गर्न, निर्माण सामग्री राखेर आवागमनमा अवरोध पुर्‍याउनमा रोक लगाउने गरेको छ ।

यस्तै, बजारमा हुने अनियमितता नियन्त्रण गर्दै बजारलाई अनुशासित राख्नका लागि गाउँ प्रहरीले माइकिङ गर्ने, सिट्ठी बजाउँदै हिँड्ने लगायतका भूमीका निर्वाह गरिरहेको गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७८, सोमबार  ६ : ४४ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना