माओवादीले चुनावपछि मात्र पदाधिकारी चयन गर्ने « Khabarhub

माओवादीले चुनावपछि मात्र पदाधिकारी चयन गर्ने


२३ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय महाधिवेशन सम्पन्न भएको तीन महिनापछि माओवादी केन्द्रको केन्द्रीय समितिको पहिलो बैठक आज बसेको हो । माओवादीले अझैसम्म पदाधिकारी चयन गर्न सकेको छैन ।

महासचिव चयन गर्न सकस भएपछि प्रचण्डले पदाधिकारी तत्काल मनोनयन नगर्ने स्रोतले बतायो । अहिले माओवादी केन्द्रमा प्रचण्ड एकल अध्यक्ष छन्। अरू सबै केन्द्रीय सदस्य मात्रै हुन्।

महाधिवेशन सकिएको भोलिपल्ट पुस १९ गते प्रचण्ड अध्यक्ष चयन भए पनि अरू पदाधिकारी चयन भएका छैनन्। कुन पदमा कति जना रहन्छन् भन्ने पनि माओवादीले टुंगो लगाउन सकेको छैन।

महासचिवमा विवाद चर्को देखिएपछि अरु पदमा समेत चयन गर्न हम्मेहम्मे परेको हो । माओवादी केन्द्रले स्थानीय तहको निर्वाचनपछि मात्रै यी विषयमा छलफल गर्ने गरी केन्द्रीय कमिटीको बैठक आज सम्पन्न गर्न लागेको नेताहरूले बताएका छन् ।

प्रकाशित मिति : २३ फाल्गुन २०७८, सोमबार  १ : ४४ बजे

भारतीय तीर्थयात्रीको मृत्यु भएको दुर्घटनाबारे छानबिन गर्न समिति गठन

गोरखा – सात भारतीय तीर्थयात्रीको ज्यान जाने गरी गोरखामा भएको

के हो आइतबार आकाशमा देखिएको चम्किलो दृश्य ?

काठमाडौं – आइतबार साँझ नेपालका विभिन्न स्थानबाट आकाशमा देखिएको उज्यालो

साढे २२ करोड जरिवाना र ६ वर्ष कैद तोकिएका फरार प्रतिवादी पक्राउ

काठमाडौं– प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले काठमाडौंबाट एकजना फरार

पेट्रोल प्रतिलिटर १५ र डिजेल १० रुपैयाँले बढ्यो

काठमाडौँ – डिजेल र पेट्रोलको मूल्य बढेको छ । अन्तर्राष्ट्रिय

नवनिर्वाचित सांसदलाई रास्वपाले अभिमुखीकरण तालिम दिने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका