नेपालमा पाँच महिनादेखि सम्पर्कबिहिन भएका इजरायली नागरिकको खोजी गर्न परिवारको अपिल « Khabarhub

नेपालमा पाँच महिनादेखि सम्पर्कबिहिन भएका इजरायली नागरिकको खोजी गर्न परिवारको अपिल


२३ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालमा विगत पाँच महिनादेखि सम्पर्क विहिन भएका इजरायली नागरिक योङ किद्रोनका परिवारले उनकोे खोजी गर्न सबैलाई आग्रह गरेका छन् ।

खबरहबको सम्पर्कमा आएकी योङ किद्रोनकी भाउजु ओरिट किद्रोनले सन् २०२१को सेप्टेम्बर २१ देखि उनी सम्पर्कविहीन भएकाले आफूहरू चिन्तित भएको बताइन् ।

परिवारले दिएको जानकारी अनुसार योङ इजरायलबाट एक्लै नेपाल आएका थिए । उनले पछिल्लो पटकसेप्टेम्बर २१ मा आफ्नो इन्स्टाग्राम खातामा फोटो पोस्ट गरेका थिए । त्यस्तै, उनले त्यहि दिनबहिनीसँग सम्पर्कमा रहेका बेला उनले अन्तिम पटक सम्पर्क गरेका थिए । उनले बहिनीलाई आफू पदयात्रा सुरु गर्न जानलागेकोले सम्पर्क केही दिन नहुन सक्ने जानकारी गराएका थिए । तर उनी अहिलेसम्म परिवारको सम्पर्कमा नआएको तथा सामाजिक सञ्चाल पनि नचलाएको परिवारले बताएको छ ।

उनले शुरुमा गुप्रमा टे«किङ सुरु गएपनि सोती खोला पुगेपछि एक्लै पदयात्रा सुरु गरेका थिए । सोती खोला मनास्कु सर्किट ट्रेकिङको आरम्भ विन्दु हो ।

उनको नाम मनास्लु पदयात्राको फिलिम चेकपोइन्टमा देखिएको थियो । त्यसपछि धारापानीमा उनको नाम दर्ता भए त्यसपछि कुनै पनि चेक प्वाइन्टमा उनको नाम उल्लेख भएको छैन् ।

उनको भाउजु ओरिटले बताए अनुसार उनको नाम सेप्टेम्बर २४ मा फिलिम चेकपोस्टमा दर्ता भएको थियो भने। त्यसको लगभग १ महिना अन्र्तरालमा अक्टोबर २१ मा धारापानीमा उनको नाम दर्ता भएको थियो ।

परिवारले मनास्लु पदयात्रा गर्न किन यति लामो समय लाग्यो भनेर परिवारले शंका गरेको छ । उनले मनास्लु पदयात्रा सकेर अर्को पदयात्रा शुरु गर्ने बताएका थिए । सामान्यतया मनास्लु पदयात्रा १२ देखि १८ दिनमा सकिन्छ ।

ओरिटले भनिन् योङ त्यसपछि अन्नपूर्ण पदयात्रा गर्न चाहन्थे । ४९ वर्षीय योङको स्वास्थ्य बीमा पोलिसी नोभेम्बरसम्म मात्रै भएकोले करिब २ महिना मात्र उनको नेपाल बस्ने योजना रहेको थियो ।

त्यस्तै, उनको भिसाको म्याद जनवरीमा सकिने थियो । रेकर्ड अनुसार उनले भिसाको म्याद पनि नविकरण गरेका थिएनन् भने उनले नेपालपनि छोडेका छैनन् । परिवार स्रोतका अनुसार उनी नेपालबाट थाइल्याड जान चाहन्थे ।

त्यसैगरी, युवा किद्रोनकी बहिनी इदित किद्रोनले फेसबुकमा लेख्दै यदि कसैलाई योङको बारेमा जानकारी छ वा देख्नुभएको छ भने सम्पर्क गर्न अनुरोध गरेकी छिन् । उनलाई ९७२५४९४७६५५५ वा ९७२५४२३४५६२४ नम्वरमा वा फेसबुकमा सिधैँ सम्पर्क गर्न पनि अनुरोध गरेकी छन् ।

उनको बेपत्ताको विषयमा काठमाौंस्थित इजरायली दूतावासलाई जानकारी गराइएको र दुतवासले प्रहरीको सहयोगमा खोजी गरिरहेको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७८, सोमबार  २ : ३२ बजे

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर

बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै

बेथलेहेम– गाजामा लामो समयदेखि चलेको युद्धको पीडादायी छायाँबीच दुई वर्षभन्दा

त्रियुगा क्षेत्रमा जंगली हात्ती गाउँ पस्दा १२ घरमा क्षति

गाईघाट– जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा हात्तीले १२ भन्दा बढी घरमा

पोखरा-जोमसोम हवाई सेवा तीन महिनाका लागि स्थगित

मुस्ताङ– हिउँदयाममा मुस्ताङ भ्रमण गर्नेको सङ्ख्या घट्दै गएपछि निजी वायुसेवा कम्पनीले

पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन् : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले इसाई धर्मावलम्बीको  पर्व ‘क्रिसमस डे’ का