बार एशोसिएशन चुनावः अध्यक्षमा घिमिरे र अधिकारीले उम्मेदवारी दिने « Khabarhub

बार एशोसिएशन चुनावः अध्यक्षमा घिमिरे र अधिकारीले उम्मेदवारी दिने


२३ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल बार एशोसिएशनको चुनावमा सत्तारुढ गठबन्धन र एमालेनिकटका कानुन व्यवसायीबीच प्रतिस्पर्धा हुने भएको छ ।

सत्ता गठबन्धनले काँग्रेसनिकट गोपालकृष्ण घिमिरेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

सत्ता गठबन्धका नेताहरूको बैठकले घिमिरेको नाममा सहमति जुटाएको हो । काँग्रेसनिकट कानुन व्यवसायीको संगठन डीएलएका पूर्वअध्यक्ष घिमिरे काँग्रेसको निर्वाचन समितिका संयोजकसमेत हुन् ।

एमालेनिकट कानुन व्यवसायी संगठन प्रगतिशील तथा पेसागत कानुन व्यवसायी संगठन (पीपीएलए) ले अध्यक्षमा वरिष्ठ अधिवक्ता विष्णुमणि अधिकारीलाई अगाडि सारेको छ । पीपीएलएले अध्यक्षसहितको प्यानल घोषणा गरेको हो ।

जसमा उपाध्यक्षमा प्रदेश १ बाट रोहित डाँगी, प्रदेश २ बाट केशव दास, बागमतीबाट डिल्लीराम मैनाली, गण्डकीबाट भुपेन्द्र खनाल, लुम्बिनीबाट वासुदेव ज्ञवाली, कर्णालीबाट विष्णुप्रसाद तिमल्सिना र सुदूरपश्चिमबाट चन्खबहादुर सावद (सीभी) ले उम्मेदवारी दिने तय भएको छ ।

पीपीएलएको प्यानलमा महिला उपाध्यक्षमा रमा श्रेष्ठ, महासचिवमा केदारप्रसाद कोइराला र कोषाध्यक्षमा जगतबहादुर कार्कीले उम्मेदवारी दिने भएका छन् ।

चैत १९ मा देशभरका ३५ वटा निर्वाचन केन्द्रमा मतदान हुनेछ । बारले निर्वाचन केन्द्र पनि तोकेको छ । बारको अहिलेको कार्यसमितिको कार्यकाल सकिन लागेकाले नयाँ नेतृत्व चयन गर्न निर्वाचन हुन लागेको हो ।

प्रकाशित मिति : २३ फाल्गुन २०७८, सोमबार  ३ : ३७ बजे

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर

बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै

बेथलेहेम– गाजामा लामो समयदेखि चलेको युद्धको पीडादायी छायाँबीच दुई वर्षभन्दा