रुससँग वार्ताका लागि युक्रेनी टोली बेलारुसमा « Khabarhub

रुससँग वार्ताका लागि युक्रेनी टोली बेलारुसमा


२४ फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – रूसले युक्रेनको राजधानी कीभ, मारिउपोल, खार्किभ, सुमी सहरहरू छाड्न चाहनेका लागि युद्धविरामको घोषणा गरेपछि तेस्रो चरणको वार्ताका लागि युक्रेनी टोली बेलारुस पुगेको छ।

बेलारुसका स्थानीय सञ्चारमाध्यमले रुससँग तेस्रो चरणको वार्ता गर्न युक्रेनी टोली बेलारुस आइपुगेको पुगेको उल्लेख गरेका हुन्।

यसअघि भएका दुई चरणका वार्ता शान्ति स्थापना गर्न कुनै प्रगति हासिल नगरी टुङ्गिएका थिए। युक्रेनी नागरिकलाई सैन्य कारबाहीबाट जोगिन अनुरोध भइरहेको भए पनि त्यसका लागि वार्ता आवश्यक देखिएको छ।

यसपटक नागरिकलाई सुरक्षित मार्गमा पठाउने विषयमा वार्ता केन्द्रित हुने बताइएको छ। रुसले युक्रेनका दक्षिणी र पूर्वी भाग सहमा गोलाबारी जारी राखेको छ।

यसअघि आइतबार राति रुसले गरेको प्रस्ताव युक्रेनले अस्वीकार गरेको थियो। रुसले युक्रेनीलाई किएभबाट जाने मानिसलाई बेलारुसतिर र खार्किभबाट जाने मानिसलाई रुसतिरको बाटो पठाउन खोजेको स्पष्ट भएपछि युक्रेनले उक्त प्रस्तावलाई ‘अनैतिक’ भनेको बीबीसीले उल्लेख गरेको छ।

रुसले युक्रेनमाथि आक्रमण सुरु गरेपछि अहिलेसम्म १७ लाख मानिस अन्य छिमेकी देश पुगिसकेका छन्।

प्रकाशित मिति : २४ फाल्गुन २०७८, मंगलबार  ६ : २० बजे

‘गगन थापाको नेतृत्व स्वीकारेर देउवा दाइ अभिभावक बनून्’

काठमाडौं- गत पुसको अन्तिम साता आयोजित नेपाली कांग्रेसको विशेष महाधिवेशनपछि

जेन-जी आन्दोलनका सम्झौता कार्यान्वयन गर्न समिति गठन

काठमाडौं– सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका

खगेन्द्र सुनारको व्यवहारप्रति आपत्ति जनाउँदै सभामुखलाई भेट्न पुगे आईजीपी कार्की

काठमाडौं-सार्वजनिक लेखा समितिको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र

७ अंक बढीले घट्यो नेप्से, १४ दिनदेखि दैनिक ५ अर्ब मुनिको कारोबार

काठमाडौं– साताको अन्तिम कारोबारको दिन शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

एमालेको अभियान उद्घाटन गर्न अध्यक्ष ओली झापा जाँदै

काठमाडौं- प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली