रुससँग वार्ताका लागि युक्रेनी टोली बेलारुसमा | Khabarhub Khabarhub

रुससँग वार्ताका लागि युक्रेनी टोली बेलारुसमा


२४ फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – रूसले युक्रेनको राजधानी कीभ, मारिउपोल, खार्किभ, सुमी सहरहरू छाड्न चाहनेका लागि युद्धविरामको घोषणा गरेपछि तेस्रो चरणको वार्ताका लागि युक्रेनी टोली बेलारुस पुगेको छ।

बेलारुसका स्थानीय सञ्चारमाध्यमले रुससँग तेस्रो चरणको वार्ता गर्न युक्रेनी टोली बेलारुस आइपुगेको पुगेको उल्लेख गरेका हुन्।

यसअघि भएका दुई चरणका वार्ता शान्ति स्थापना गर्न कुनै प्रगति हासिल नगरी टुङ्गिएका थिए। युक्रेनी नागरिकलाई सैन्य कारबाहीबाट जोगिन अनुरोध भइरहेको भए पनि त्यसका लागि वार्ता आवश्यक देखिएको छ।

यसपटक नागरिकलाई सुरक्षित मार्गमा पठाउने विषयमा वार्ता केन्द्रित हुने बताइएको छ। रुसले युक्रेनका दक्षिणी र पूर्वी भाग सहमा गोलाबारी जारी राखेको छ।

यसअघि आइतबार राति रुसले गरेको प्रस्ताव युक्रेनले अस्वीकार गरेको थियो। रुसले युक्रेनीलाई किएभबाट जाने मानिसलाई बेलारुसतिर र खार्किभबाट जाने मानिसलाई रुसतिरको बाटो पठाउन खोजेको स्पष्ट भएपछि युक्रेनले उक्त प्रस्तावलाई ‘अनैतिक’ भनेको बीबीसीले उल्लेख गरेको छ।

रुसले युक्रेनमाथि आक्रमण सुरु गरेपछि अहिलेसम्म १७ लाख मानिस अन्य छिमेकी देश पुगिसकेका छन्।

प्रकाशित मिति : २४ फाल्गुन २०७८, मंगलबार  ६ : २० बजे

धारापानीमा जलवायुमैत्री कृषि प्रवर्द्धन कार्यक्रम

म्याग्दी– जिल्लाको धवलागिरि गाउँपालिका-७ धारापानीमा जलवायुमैत्री कृषि प्रवर्द्धन कार्यक्रम सुरु

सुक्खा बन्दरगाह वीरगञ्ज भन्सारमा गाभियो

वीरगञ्ज–  सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालय आजदेखि वीरगञ्ज भन्सार कार्यालयमा

इराकको सपिङ मलमा आगलागी, ५० जनाको मृत्यु

बगदाद– पूर्वी इराकी सहर कुटको सपिङ मलमा रातभर लागेको आगलागीमा

नयाँ आव : शेयर बजारमा उछाल, नेप्से हाफ सेन्चुरी बढ्यो 

काठमाडौं– नयाँ आर्थिक वर्ष २०८२-८३ बिहीबारबाट सुरु भएको छ ।

जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

डोल्पा– २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा त्रिपुरासुन्दरी नगरपालिका-६ बस्ने