परराष्ट्रमन्त्री खड्का आज टर्की जाँदै | Khabarhub Khabarhub

परराष्ट्रमन्त्री खड्का आज टर्की जाँदै


२४ फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- परराष्ट्रमन्त्री डा नारायण खड्का आज मंगलबार साँझ टर्की भ्रमणमा जाँदैछन्। टर्कीका विदेशमन्त्री मेभलुत चाभुशाव्लुको निमन्त्रणामा खड्का तीन सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै साताव्यापी भ्रमणमा जान लागेका हुन्।

२७-२९ फागुनमा आयोजना हुने अन्ताल्याया कूटनीतिक मञ्चमा मन्त्रीखड्का नेतृत्वको प्रतिनिधिमण्डल सहभागी हुनेछ। टर्कीमा रहँदा मन्त्री खड्काले आफ्ना समकक्षीका साथै अन्य उच्चस्तरीय भेटघाट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

नेपाल र टर्कीबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६० औँ वर्ष प्रवेशको सन्दर्भमा हुन परराष्ट्रमन्त्री खड्काको भ्रमण हुन लागेको हो। मञ्चमा ५० भन्दा बढी देशका परराष्ट्रमन्त्री र नीति निर्माता तथा विज्ञको सहभागिता रहने छ। यस वर्षको वार्षिक फोरमको विषय ‘रिकोडिङ डिप्लोमेसी’ रहेको छ।

प्रकाशित मिति : २४ फाल्गुन २०७८, मंगलबार  ७ : ३१ बजे

रिब्दीकोटका किसानले अकबरे खुर्सानी बिक्री गरेर दसैँतिहार मनाए

पाल्पा – यहाँको रिब्दीकोट गाउँपालिका फेकका जितबहादुर छहरीले अबकरे खुर्सानी

आहारको व्यवस्थापनले गिद्धको आगमन बढ्दै

तनहुँ – जिल्लाको व्यास नगरपालिका-१० दुम्सी सिशुवा भतेरीस्थित शिवालय गौ

तोडफोड र आगजनीमा संलग्नलाई सार्वजनिक गर्नुपर्ने एमालेका युवा माग

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का युवा नेताहरूले गत

ओली निवास निर्माणका लागि चन्दा उठाइँदैन : महेश बस्नेत

काठमाडौं – नेकपा (एमाले) नेता महेश बस्नेतले पूर्वप्रधानमन्त्री तथा पार्टी

इयूले चिनियाँ दुर्लभ खनिजमाथिको निर्भरता अन्त्य गर्ने

बर्लिन – बेइजिङले धेरै प्रमुख क्षेत्रमा आवश्यक खनिज निर्यातमा थप