परराष्ट्रमन्त्री खड्का आज टर्की जाँदै « Khabarhub

परराष्ट्रमन्त्री खड्का आज टर्की जाँदै


२४ फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- परराष्ट्रमन्त्री डा नारायण खड्का आज मंगलबार साँझ टर्की भ्रमणमा जाँदैछन्। टर्कीका विदेशमन्त्री मेभलुत चाभुशाव्लुको निमन्त्रणामा खड्का तीन सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै साताव्यापी भ्रमणमा जान लागेका हुन्।

२७-२९ फागुनमा आयोजना हुने अन्ताल्याया कूटनीतिक मञ्चमा मन्त्रीखड्का नेतृत्वको प्रतिनिधिमण्डल सहभागी हुनेछ। टर्कीमा रहँदा मन्त्री खड्काले आफ्ना समकक्षीका साथै अन्य उच्चस्तरीय भेटघाट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

नेपाल र टर्कीबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६० औँ वर्ष प्रवेशको सन्दर्भमा हुन परराष्ट्रमन्त्री खड्काको भ्रमण हुन लागेको हो। मञ्चमा ५० भन्दा बढी देशका परराष्ट्रमन्त्री र नीति निर्माता तथा विज्ञको सहभागिता रहने छ। यस वर्षको वार्षिक फोरमको विषय ‘रिकोडिङ डिप्लोमेसी’ रहेको छ।

प्रकाशित मिति : २४ फाल्गुन २०७८, मंगलबार  ७ : ३१ बजे

कार्की आयोगको प्रतिवेदन तत्कालै कार्यान्वयनमा लैजाने सरकारको निर्णय

काठमाडौं- बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठकले भदौ २३ र

भूमिमन्त्रीको पहिलो निर्णय-समस्याग्रस्त सहकारीका विषयमा जानकार छु, समाधान गर्छु

काठमाडौं– नवनियुक्त सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले पदभार

बालेनले सस्मितलाई बनाए सरकारको प्रवक्ता

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले सरकारको प्रवक्ताको जिम्मेवारी शिक्षा, युवा तथा

बेपत्ता मुस्ताङ एयरको हेलिकप्टरमा थिए पाइलटसहित ५ यात्रु 

काठमाडौं– दोलखाबाटको ल्याप्चा क्षेत्रबाट शुक्रबार सम्पर्कविहीन भएको मुस्ताङ एयरको हेलिकप्टरमा

खेलकुदमन्त्रीले भने- खेल क्षेत्रमा हुने अनावश्यक राजनीतिकरणलाई अन्त्य गर्छु

काठमाडौं– नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुदमन्त्री