भक्तपुरमा सुरु भयो ढकतराजु नवीकरण डोर « Khabarhub

भक्तपुरमा सुरु भयो ढकतराजु नवीकरण डोर


२४ फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- भक्तपुर उद्योग वाणिज्य संघले भक्तपुर नगरपालिकाको समन्वयमा भक्तपुर नगरपालिका क्षेत्रमा ढकतराजु नवीकरण तथा दर्ता कार्यसञ्चालन थालेको छ। नेपाल गुणस्तर तथा नापतौल विभागबाट डोर टोली खटाई उक्त काम सुरु भएको हो।

नगरमा आएको टोलीले पहिलो दिन भक्तपुर नगरपालिका-३ वंशगोपालमा बसेर सेवा दिएको थियो। सो दिन ६० भन्दा बढी व्यवसायीले सेवा लिएको भक्तुपर उद्योग वाणिज्य संघले जनाएको छ। दोस्रो दिन भक्तपुर नगरपालिका५ सुकुलढोका क्षेत्रबाट पनि ७० व्यवसायीले सेवा प्राप्त गरेको संघले जनाएको छ।

भक्तपुर नगरमा टोली बसे पनि सेवाग्राही नगर बाहिरबाट पनि आएको जनाइएको छ। ढकतराजु खरिद गर्दा रसिद नभएको कारण तथा आवश्यक कागजात नहुँदा र म्याद गुज्रेको कारण धेरै व्यवसायी सेवाबाट बञ्चित हुनुपरेको देखिएको छ।

अहिले नयाँ ढकतराजु खरिद गरेपछि खरिद गरेको ३५ दिनभित्र नेपाल गुणस्तर तथा नापतौल विभागमा दर्ता गरी समयमै नवीकरण गर्नुपर्छ। म्याद नाघेको खण्डमा एक वर्ष कैद तथा १० हजार जरिवाना असुल गर्ने व्यवस्था रहेको छ।

प्रकाशित मिति : २४ फाल्गुन २०७८, मंगलबार  १० : १२ बजे

चितवनका छ हजार बढी बालिकाहरूलाई एचपीभी खोप

चितवन– जिल्लाका छ हजार ७६८ बालिकाहरूलाई पाठेघरको मुखमा हुने क्यान्सर

बजाजले ल्यायो ‘नयाँ जीवनको भरपर्दो सहयात्री’ अफर

काठमाडौं– बजाज मोटरसाइकलले नवविवाहित जोडीलाई लक्षित गरेर नयाँ अफर ल्याएको छ

कडा मौद्रिक नीति र भन्सार करले ब्राजिलको अर्थतन्त्र प्रभावित

एजेन्सी– सन् २०२५ मा ब्राजिलको औद्योगिक उत्पादन मात्र ०.६ प्रतिशतले

व्यवस्थित साइकल लेन र फुटपाथ विस्तार गर्दै काठमाडौं महानगर

काठमाडौं– काठमाडौं महानगरपालिकाले माइतीघर मण्डलादेखि तीनकुनेसम्म व्यवस्थित साइकल लेन र

एघार करोडको लागतमा दूधमति नदीको उत्खनन

जनकपुरधाम– एघार करोडको लागतमा ऐतिहासिक तथा धार्मिक महत्व बोकेको दूधमति