भक्तपुरमा सुरु भयो ढकतराजु नवीकरण डोर « Khabarhub

भक्तपुरमा सुरु भयो ढकतराजु नवीकरण डोर


२४ फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- भक्तपुर उद्योग वाणिज्य संघले भक्तपुर नगरपालिकाको समन्वयमा भक्तपुर नगरपालिका क्षेत्रमा ढकतराजु नवीकरण तथा दर्ता कार्यसञ्चालन थालेको छ। नेपाल गुणस्तर तथा नापतौल विभागबाट डोर टोली खटाई उक्त काम सुरु भएको हो।

नगरमा आएको टोलीले पहिलो दिन भक्तपुर नगरपालिका-३ वंशगोपालमा बसेर सेवा दिएको थियो। सो दिन ६० भन्दा बढी व्यवसायीले सेवा लिएको भक्तुपर उद्योग वाणिज्य संघले जनाएको छ। दोस्रो दिन भक्तपुर नगरपालिका५ सुकुलढोका क्षेत्रबाट पनि ७० व्यवसायीले सेवा प्राप्त गरेको संघले जनाएको छ।

भक्तपुर नगरमा टोली बसे पनि सेवाग्राही नगर बाहिरबाट पनि आएको जनाइएको छ। ढकतराजु खरिद गर्दा रसिद नभएको कारण तथा आवश्यक कागजात नहुँदा र म्याद गुज्रेको कारण धेरै व्यवसायी सेवाबाट बञ्चित हुनुपरेको देखिएको छ।

अहिले नयाँ ढकतराजु खरिद गरेपछि खरिद गरेको ३५ दिनभित्र नेपाल गुणस्तर तथा नापतौल विभागमा दर्ता गरी समयमै नवीकरण गर्नुपर्छ। म्याद नाघेको खण्डमा एक वर्ष कैद तथा १० हजार जरिवाना असुल गर्ने व्यवस्था रहेको छ।

प्रकाशित मिति : २४ फाल्गुन २०७८, मंगलबार  १० : १२ बजे

फराकिलो मतान्तरसहित एमाले केन्द्रीय सदस्यमा विजयी भइन् सुनिता डंगोल

काठमाडौं– काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल उपत्यकाबाट अत्यधिक मतसहित केन्द्रीय

नेपाल टेलिकमको सह–प्रवक्तामा प्रक्षेत थापा नियुक्त

काठमाडौं– नेपाल टेलिकमको सह–प्रवक्तामा प्रक्षेत थापा क्षत्री नियुक्त भएका छन्

ईश्वर पोखरेल र सुरेन्द्र पाण्डेलाई योगेश भट्टराईले गरे सलाम

काठमाडौं- एमाले उपमहासचिवमा निर्वाचित भएका योगेश भट्टराईले पार्टीको महाधिवेशनमा प्यानलको

ओलनिकट मानिने ‘ग्याङ अफ फोर’ लाई धक्का, विष्णु रिमाल पराजित

काठमाडौं– नेकपा एमालेमा ‘ग्याङ अफ फोर’ भनेर परिचित भएको टिमबाट

एमालेका १९ पदाधिकारीमा उठेकामध्ये जसले जिते, जसले हारे (मत परिणामसहित)

काठमाडौं- नेकपा एमालेको १९ जना पदाधिकारीमध्ये १७ जना अध्यक्ष केपी