कांग्रेसले थाल्यो निर्वाचन लक्षित अभियानको तयारी, देउवाले थाले छलफल | Khabarhub Khabarhub

कांग्रेसले थाल्यो निर्वाचन लक्षित अभियानको तयारी, देउवाले थाले छलफल


२४ फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसले औपचारिक रूपमा स्थानीय तहको निर्वाचन लक्षित अभियान सुरु गर्न तयारी थालेको छ ।

अभियान सञ्चालन गर्न सबै जिल्लामा प्रतिनिधि खटाउने कांग्रेसको तयारी गरेको छ । जिल्ला जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउनेबारे सभापति शेरबहादुर देउवाले निर्देशन दिएका छन् ।

मंगलबार बिहान सानेपास्थित पार्टी केन्द्रिय कार्यालयमा पार्टीका नेताहरूसँग सभापति देउवाले छलफल गरेको केन्द्रीय कार्यालयका सचिव एवं सूचना अधिकारी केशव रिजालले जानकारी दिए । केही समय छलफल गरेर देउवा सानेपाबाट बाहिरिएका छन् ।

पार्टी उपसभापति पूर्णबहादुर खड्काले पार्टीका पदाधिकारीहरूसँग छलफल गरेका छन् । कांग्रेसले स्थानीय निर्वाचनको तयारीसँगै अमेरिकी सहयोग परियोजना एमसीसीबारे जनतामा रहेको भ्रम चिर्ने अभियान सुरु गर्ने भएको छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०७८, मंगलबार  १२ : ४० बजे

शनिबार साँझदेखि देशका विभिन्न क्षेत्रमा भारी वर्षा हुने सम्भावना

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले शनिबार साँझदेखि लुम्बिनी

एसइईको ग्रेड वृद्धि परीक्षा साउन २९ गतेदेखि

काठमाडौं – एसइईको पूरक परीक्षा साउनमा हुने भएको छ ।

मधेसका मुख्य मन्त्रीले भने : तीनै तहका सरकारबीच समन्वयविना विकास सम्भव छैन

धनुषा – मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले तीनै तहका सरकारबीच

पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा बाढीले बगाउँदा ६ जनाको मृत्यु

इस्लामाबाद – पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तूनख्वा प्रान्तको स्वात जिल्लामा आएको

प्रविधि र नवप्रर्वतन क्षेत्रमा सहकार्य गर्न अध्यक्ष ढकालको आग्रह

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा