कम्पनीले ४ महिनादेखि पारिश्रमिक नदिएपछि कतारमा ४ हजार भन्दाबढी श्रमिक आन्दोलित « Khabarhub

कम्पनीले ४ महिनादेखि पारिश्रमिक नदिएपछि कतारमा ४ हजार भन्दाबढी श्रमिक आन्दोलित


२४ फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कतारमा आफुहरुले काम गरेको ४ महिनासम्म पनि पारिश्रमिक नपाएको भन्दै नेपाली लगायत अन्य देशका गरी ४ हजार भन्दाबढी श्रमिकहरु आन्दोलित भएका छन् ।

कतारको विश्व कपसँग सम्बन्धित परियोजनाहरू कभर गर्ने प्रख्यात एक बिन ओम्रान ट्रेडिङ एन्ड कन्ट्र्याक्टिङ कम्पनीले आफुहरुलाई विगत चार महिनादेखि बिना पारिश्रमिक काम लगाएको भन्दै उनीहरुले सोमबार चार हजार भन्दाबढी श्रमिकहरुले सडकमा कम्पनी विरुद्ध प्रदर्शन गरेका हुन्।

उनीहरुले आफूहरुले कम्पनी गरेको पारिश्रमिक पाउनुपर्ने भन्दै सडकमा नारा जुलुस गर्दै जबसम्म हामीले काम गरेको पारिश्रमिक पाउँदैनौं तबसम्म हड्ताल जारी राख्ने भन्दै प्रदर्शन गरेको उनीहरुले बताए । यस पटक कम्पनीले पारिश्रमिक नदिए काममा नजाने उनीहरुले बताएका छन् ।

आन्दोलनमा नेपालीसहित बंगलादेश, भारत, केनिया, युगान्डा, पाकिस्तान लगायतका कामदारहरु सहभागी छन् । नारावाजी तथा आन्दोलनमा सहभागीहरुले कम्पनीले पटक-पटक श्रमिकको श्रम शोषण गरेको हुँदा आफूहरु आन्दोलनमा उत्रिन बाध्य भएको बताएका छन् ।

प्रदर्शन गर्दै उनीहरु कतारको लेवरकोटसम्म पुगेका थिए । लेवरकोट पुगेर घेरेपछि र कम्पनी र कोट बीचको छलफल पछि कम्पनीले दुई महिनाको पारिश्रमिक सोमबारै उपलब्ध गराएको एक नेपालीले बताए ।

‘कम्पनीले हामीलाई चार महिनाको पारिश्रमिक दिएको थिएन ’, सोमबार साझ ती नेपालीले भने , ‘आज लेवरकोट गएर दुई महिनाको चाहो पारिश्रमिक लिएर आयौ । अझै दुई महिनाको पारिश्रमिक पाउनै बाँकी छ ।’

६ हजार ७०० भन्दा बढी कामदार रहेको उक्त कम्पनीमा कार्यरत कामदारहरुले विगत केही महिनादेखि नै कतारी अधिकारीहरूलाई आफूहरुले पारिश्रमिक नपाएको जनाउदै धेरै उजुरी दिएका थिए ।

कम्पनीले श्रम कानून उल्लङ्घनको बारेमा कतारी अधिकारीहरूलाई जानकारी गराएको र त्यसपछि उनीहरूबाट कुनै प्रतिक्रिया प्राप्त नआएपछि उनीहरु रुस्ट बनेका थिए ।

कम्पनीका कामदारहरुले गत महिना श्रम मन्त्रालय, श्रम अदालत, कतार प्रहरी र राष्ट्रिय मानवअधिकार आयोगमा पनि उजुरी दिएका थिए तर, सुनवाई भएको थिएन् ह्युमन राइट्स वाचलाई उद्रित दोहा न्युजले लेखेको छ ।

यहाँको २०१५ कानुनमा कतारले सरकारको ज्याला संरक्षण प्रणाली (डब्लु पीएस ) को परिचय दिएको छ , जस अन्तर्गत कम्पनीहरुले प्रत्येक महिनाको सातौं दिनमा प्रत्यक्ष बैंक मार्फत कामदारहरुले भुक्तानी प्राप्त गर्ने सुनिश्चित गरेको छ ।

यहाँको कानुन अनुसार सबै निजी क्षेत्रका श्रमिकहरुका साथै घरेलु कामदारहरुले प्रति महिना १ हजार रियाल पाउने व्यवस्था गरेको थियो । त्यस्तै खानाका लागि प्रतिमहिना थप ३ सय र आवासका लागि ५ सय रियाल दिनुपर्ने व्यवस्था गरिएको छ।

खाना र आवाससहित श्रमिकले न्यूनतम १ हजार ८ सय रियाल पाउने व्यवस्था छ । यो पारिश्रमिक गत बर्षको मार्चदेखि नै कार्यान्वयनमा आएपनि अहिलेसम्म धेरै कम्पनीहरुले लागू नगरेको बताइएको छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०७८, मंगलबार  १ : ३८ बजे

अबुधाबीमा युक्रेन–रुस वार्ता, ड्रोन आक्रमणले वातावरण गम्भीर

अबुधाबी–  युक्रेन, रुस र संयुक्त राज्य अमेरिकाका वार्ताकारहरू चार वर्षदेखि जारी

चितवनका छ हजार बढी बालिकाहरूलाई एचपीभी खोप

चितवन– जिल्लाका छ हजार ७६८ बालिकाहरूलाई पाठेघरको मुखमा हुने क्यान्सर

बजाजले ल्यायो ‘नयाँ जीवनको भरपर्दो सहयात्री’ अफर

काठमाडौं– बजाज मोटरसाइकलले नवविवाहित जोडीलाई लक्षित गरेर नयाँ अफर ल्याएको छ

कडा मौद्रिक नीति र भन्सार करले ब्राजिलको अर्थतन्त्र प्रभावित

एजेन्सी– सन् २०२५ मा ब्राजिलको औद्योगिक उत्पादन मात्र ०.६ प्रतिशतले

व्यवस्थित साइकल लेन र फुटपाथ विस्तार गर्दै काठमाडौं महानगर

काठमाडौं– काठमाडौं महानगरपालिकाले माइतीघर मण्डलादेखि तीनकुनेसम्म व्यवस्थित साइकल लेन र