बारामा २ अर्ब ३७ करोड बराबरको आलु उत्पादन | Khabarhub Khabarhub

बारामा २ अर्ब ३७ करोड बराबरको आलु उत्पादन


२४ फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा – बारा जिल्लामा आर्थिक वर्ष २०७८/७९ मा रु दुई अर्ब ३७ करोड ४४ लाख बराबरको एक लाख १८ हजार ७२० मेट्रिक टन आलु उत्पादन भएको छ ।

कम लगानीमा बढी लाभ हुने उखु, मत्स्यपालनतर्फ कृषकहरु उन्मुख भएकाले यस वर्ष आलु खेतीमा ३० हेक्टरले कमी हुन गएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

आव ०७८/७९ मा बाराका कृषकहरूले कूल सात हजार ४२० हेक्टर क्षेत्रफलमा विभिन्न जातको आलु खेती गरी प्रतिहेक्टर १६ मेट्रिक टनले कूल एक लाख १८ हजार ७२० मेट्रिक टन आलु उत्पादन भएको कुरा ज्ञान केन्द्रका प्रमुख जितेन्द्र यादवले जानकारी दिए । 

उक्त उत्पादित आलु कलैया बजारमा प्रतिकेजी २०/ २५ मा बिक्री भइरहेको छ । जिल्लाको हरिहरपुर, गोलागन्ज, अमृतगन्ज, देवापुर, टेटा, उचिडिह, भगवानपुर, पिपरपाती, बरियारपुर, मटिअर्वा आलु खेतीको पकड क्षेत्र भए पनि जिल्लाको प्रायः सबै क्षेत्रमा आलु खेती हुने गरेको छ।

प्रकाशित मिति : २४ फाल्गुन २०७८, मंगलबार  ४ : ४९ बजे

कोशी प्रदेशसभा : विनियोजन विधेयक बहुमतले पारित

विराटनगर– कोशी प्रदेशसभाको आज बसेको बैठकमा ‘आर्थिक वर्ष २०८२/८३ को

प्रधानसेनापति सिग्देलद्वारा केसीलाई उपरथीको दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं– प्रधानसेनापति अशोकराज सिग्देलले उपरथी दर्जामा बढुवा भएका गौरवकुमार केसीलाई

बेपत्ता महिलाको खोजी गर्न कुकुर परिचालन

काठमाडौं– नुवाकोटमा बाढीमा बेपत्ता महिलाको खोजीका लागि सशस्त्र प्रहरी बल

ब्राउन सुगरसहित दुई जना पक्राउ

काठमाडौं– सशस्त्र प्रहरी बलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको द्वार नजिकै रहेको होटलबाट

उपचारमा लापरबाही मुद्दामा ग्राण्डी सिटीले ५७ लाख १९ हजार क्षतिपूर्ति दिनुपर्ने अदालतको फैसला

काठमाडौं– ग्राण्डी सिटी अस्पताल र त्यहाँ कार्यरत चिकित्सकले उपचारमा लापरबाही