खोटाङमा गाई गोरुको अवैध ओसार पसार | Khabarhub Khabarhub

खोटाङमा गाई गोरुको अवैध ओसार पसार


२४ फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ- खोटाङबाट अवैधरुपमा गाई गोरुको निर्यात भइरहेको पाइएको छ । जिल्लाबाट दैनिकजसो गाईघाट–दिक्तेल सगरमाथा राजमार्ग हुँदै गाई गोरु तराईतर्फ बाहिरिरहेको छ ।

हाल उदयपुर र खोटाङको सिमानामा पर्ने सुनकोसीस्थित फोक्सिङटारबाट मात्र हप्तामा सयौंको हाराहारीमा गाईगोरु तारेर अन्यत्र लैजाने गरिएको प्रत्यक्षदर्शी बताउँछन् । सुनकोसीकै बंशिलाघाट र धाप्लाङघाटस्थित झोलुंगे पुलबाट पनि उत्तिकै मात्रामा गाईगोरु बिना रोकतोक निर्यात हुने गरेको छ । तर यस बारे प्रहरी र स्थानीय प्रशासन बेखबर देखिएका छन् ।

२२ फागुनमा मात्र गाईघाट–दिक्तेल सगरमाथा राजमार्ग अन्तरगत साउनेदेखि राजापानीको बीचमा खरिदारले चार हल  गाई गोरु निकासी गरिरहेको भेटिएको थियो ।

हरेक वर्षको पुस र माघमा हप्ताको शनिबार, आइतबार र सोमबार कम्तीमा पाँच देखि १० बथान गाई गोरु सुनकोसी तार्ने गरिएको लिच्कीराम्चे रसुवा घाटका स्थानीय बिकास राई बताउँछन् । फागुन लागेपछि केही कम मात्रामा गाई गोरु निर्यात हुने गरेको छ । गाई गोरुको बथानले सडकमा ट्राफिक जाम नै गर्नेगरेका छन् । खोटाङ, उदयपुर, सुनसरी, मोरङ र झापा ओहोर–दोहोर गर्ने सवारी साधनले गाई गोरुलाई साइड दिने गरेका छन् ।

जिल्लामा बहरदेखि बुढो हुँदै गरेको गोरु र गाई समेत किनबेच हुने गरेको छ । घर घरमा पुग्ने खरिदकर्ताले गाई गोरु किनेर अन्यत्र लगेर नाफा लिएर निर्यात गर्ने गरेका छन् । गाउँघरमा किनेबेच हुने गाई गोरु मासुको प्रयोजनका लागि तराई हुँदै भारतमा निकासी हुने गरेको बताइन्छ ।

 जिल्लामा गोरु काट्नमा संलग्न व्यक्तिलाई प्रहरीले पक्राउ गर्दै कारबाही चलाउने गरेको छ तर खुलेआम गाई वस्तु बिक्री गर्ने खरिदले भने उन्मुक्ती पाइरहेको आदिवासी जनजाती सम्वद्ध अगुवा गुनासो गर्छन्। राई, तामाङ, शेर्पालगायतका जनजाती समुदायमा कुल पितृ गर्दा गोरुको मासु प्रयोग हुँदै आएको छ। तर मुलुकी अपराध संहितामा गोरु काट्नेलाई सजाय हुने कानूनी व्यवस्था छ ।

मुलुकी अपराध संहिताको परिच्छेद २७ मा कसैले गाई वा गोरु मार्ने वा चोट पुर्‍याउने नियतले कुनै काम गर्नु वा गराउन नहुने सो गरे वापत कुनै गाई वा गोरु मर्न गएमा त्यस्तो कसूर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद हुने भनिएको छ।

प्रकाशित मिति : २४ फाल्गुन २०७८, मंगलबार  ६ : १४ बजे

विपद्का बेला सामाजिक सुरक्षा प्रणाली अपनाउनुपर्नेमा जोड

काठमाडौं– विपद्का समयमा अग्रिम सामाजिक सुरक्षा प्रणाली अपनाउनुपर्ने एक कार्यक्रममा

रविको पक्षमा हस्ताक्षरबारे रास्वपालाई कांग्रेसले भन्यो- अदालतमा विचाराधीन मुद्दाबारे ख्याल गर्नू

काठमाडौं– नेपाली कांग्रेसका सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीन

४० औँ ऐतिहासिक श्री जगन्नाथ रथयात्रा काठमाडौंमा (तस्बिरहरू)

काठमाडौं– ऐतिहासिक श्री जगन्नाथ रथयात्रा महामहोत्सव काठमाडौंमा आयोजना गरिएको छ

कहिले आउला काठमाडौं महानगरको बजेट ?

काठमाडौं- देशकै ठूलो काठमाडौं महानगरपालिकाले निर्धारित समय अर्थात् असार १०

समीक्षा र एलिनाको पक्षमा उभिए फिल्मकर्मी र कलाकार

काठमाडौँ – उदीयमान दुई गायिका एलिना चौहान र समीक्षा अधिकारीले